News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा सय मेट्रिक टन क्षेमताको शीतभण्डार वन्दै

सिखबर संवाददाता६ मंसिर, प्यूठान
१२१५ पटक
६ मंसिर, प्यूठान

प्यूठान नगरपालीकाको शीतभण्डारको सिलान्यास गरिएको छ। १ सय मेट्रिक टन क्षेमताको शीतभण्डारको सुक्रवार लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले सिलान्यास गर्नुभएको छ।

प्यूठान नगरपालीकाका कार्यवाहक मेयर शान्ता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सिलान्यास गर्दै प्रदेश सांसद खड्काले शीतभण्डार निर्माण भएपछी जिल्लाको उत्पादनलाई जिल्लामै खपत गराउन सहज हुने भन्दै यस्ले प्यूठानी कृषकलाई अत्यन्तै फाईदा पुग्ने वताउनु भयो। १ करोड १४ लाख ९४ हजार ९ सय ५० रुपैयाको लागतमा वन्ने ४ च्याम्वरको शीतभण्डार प्रदेश सरकार भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्थानिय तहको लगानीमा वन्न लागेको हो। लुम्विनी प्रदेश सरकारको १ करोड, २ लाख १२ हजार ८ सय ८६ र वाँकी प्यूठान नगरपालीकाको लागतमा शीतभण्डार निर्माण हुन लागेको प्यूठान नगरपालिका योजना शाखा प्रमुख चन्द्रवहादुर जि सी ले वताउनु भयो। उक्त शीतभण्डार जिल्लाको कृषि उत्पादन संकलन र भण्डारण गर्न महत्वपुर्ण हुने अपेक्षा गरिएको छ।

कार्यवाहक मेयर आचार्यले शीतभण्डारले प्यूठान लगायत छिमेकी जिल्लाका सिमावर्ती क्षेत्रका कृषकलाई थप उत्साहित वनाउने वताउनु भयो। शीलान्यास कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, पत्रकार, लगायतको उपस्थिती थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...