News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा सय मेट्रिक टन क्षेमताको शीतभण्डार वन्दै

सिखबर संवाददाता६ मंसिर, प्यूठान
१३३० पटक
६ मंसिर, प्यूठान

प्यूठान नगरपालीकाको शीतभण्डारको सिलान्यास गरिएको छ। १ सय मेट्रिक टन क्षेमताको शीतभण्डारको सुक्रवार लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले सिलान्यास गर्नुभएको छ।

प्यूठान नगरपालीकाका कार्यवाहक मेयर शान्ता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सिलान्यास गर्दै प्रदेश सांसद खड्काले शीतभण्डार निर्माण भएपछी जिल्लाको उत्पादनलाई जिल्लामै खपत गराउन सहज हुने भन्दै यस्ले प्यूठानी कृषकलाई अत्यन्तै फाईदा पुग्ने वताउनु भयो। १ करोड १४ लाख ९४ हजार ९ सय ५० रुपैयाको लागतमा वन्ने ४ च्याम्वरको शीतभण्डार प्रदेश सरकार भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्थानिय तहको लगानीमा वन्न लागेको हो। लुम्विनी प्रदेश सरकारको १ करोड, २ लाख १२ हजार ८ सय ८६ र वाँकी प्यूठान नगरपालीकाको लागतमा शीतभण्डार निर्माण हुन लागेको प्यूठान नगरपालिका योजना शाखा प्रमुख चन्द्रवहादुर जि सी ले वताउनु भयो। उक्त शीतभण्डार जिल्लाको कृषि उत्पादन संकलन र भण्डारण गर्न महत्वपुर्ण हुने अपेक्षा गरिएको छ।

कार्यवाहक मेयर आचार्यले शीतभण्डारले प्यूठान लगायत छिमेकी जिल्लाका सिमावर्ती क्षेत्रका कृषकलाई थप उत्साहित वनाउने वताउनु भयो। शीलान्यास कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, पत्रकार, लगायतको उपस्थिती थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...