News Portal

रेडियो सुन्नुहोस्

किटघाट झोलुंङ्गे पुल निर्माणले स्थानियलाई सहज

सिखबर संवाददाता७ पुष प्यूठान
१५९८ पटक
७ पुष प्यूठान

प्यूठान नगरपालीका वर्डा नं १ किटघाट र माण्डवि गाँउपालीका वर्डा नँ ३ नयाँगाउ जोडने झोलुंङ्गेपुल निर्माण भएपछी स्थानियलाई सहज भएको छ। माडिखोला तर्नको निम्ति कहिले लामो दुरीको पैदल त कहिले जोखिमपुर्ण यात्रा गर्न वाध्य स्थानिय झोलुंङ्गे पुल निर्माणसंगै खुसी भएका छन्।

४८ लाख ७६ हजार ८ सय ६ रुपैयाँको लागतमा सम्पन्न झोलुंङ्गे पुलवाट १ सय ९१ घरधुरीका करिव एक हजार जना लावन्वित भएका छन्। झोलुंगेपुल निर्माणले विशेषगरि किटघाटवाट विद्यालय पढनजाने वालवालिका र किनमेलका लागी वजार आवतजावत गर्ने स्थानियले दैनिक रुपमा खेपिरहेको हैरानी र जोखिमपुर्ण यात्रालाई सहज वनाएको प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यले वताउनु भयो। हरेक दिन माडिखोला पार गरेर विद्यालय जानुपर्ने वालवालीका र दैनिक उपभोग्य सामाग्री लिन वजार जानुपर्ने महिलालाई यो झोलुँगे पुलले सहज वनाएको आचार्यले वताउनु भयो। झोलुंगे पुलको क्षेत्रगत कार्यक्रम केन्द्रिय अनुदान, प्यूठान नगरपालीका र समुदायको साझेदारीमा उक्त झोलुंगेपुल निर्माण भएको हो। प्यूठान नगरपालीकाको २ लाख ९२ हजार ६ सय ८, समुदायको ९७ हजार ५ सय ७६ र बाँकी झोलुँगे पुलको क्षेत्रगत कार्यक्रम केन्द्रिय अनुदानवाट झोलुंगे पुल निर्माण भएको प्यूठान नगरपालीकाका ईन्जिनियर विरेन्द्र कुँवरले वताउनु भयो । योजना कार्यन्वयनको निम्ति सामाजिक तथा प्राविधिक सहयोग मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले गरेको थियो ।

 

यसपाली फड्के हट्योः
हिउँदको महिनामा सधैभरी फड्केवाट खोला तर्नुपर्ने स्थानियको वाध्यता पुल निर्माणसंगै हटेपछी किटघाटमा वर्षौँदेखी वनाईदै आएको फड्के पनी हटेको छ। वर्षायाममा झण्डै १ किलोमिटर टाढा रहेको झोलुंङ्गे पुलवाट यात्रा गर्नुपर्ने वाध्यता थियो भने हिँउदका महिनामा स्थानियहरु काठको फड्के वनाएर त्यसैवाट नदी वारपार गर्ने गर्दथे। माण्डवी गाँउपालीकाको माण्डवी मा.वी. मा अध्ययन गर्न जाने साना वालवालीका फड्के तर्न नसक्ने हुनाले अभिभावकलाई विद्यालय जाने र घर आउने समयमा वालवालीकाले खोला तर्ने विषयकै चिन्ता हुने गर्दथ्यो। तर, यस्पाली झोलुँगे पुल निर्माण भएसंगै वालवालीकालाई विद्यालय पठाँउदाको अभिभावकको चिन्ता कम भएको छ भने माडिखोलामा हरेक वर्ष निर्माण गरिने फड्के हटेको छ। “वर्षातको समयमा घण्टौ हिडेर वच्चावच्ची स्कुल जान्थे भने हिँदमा फड्केवाट तर्नुपथ्र्यो। साना केटाकेटीलाई फट्के पार गराउन खोलामा पुग्नुपथ्र्यो। पुल वनेसँगै सजिलो भएको छ।” स्थानिय मुनिराम कुमालले भन्नुभयो “पुलसम्म पुग्ने वाटो पनि अल्ली ठुलो वनाउन पाए सहज हुनेथियो।”

नगरपालीकाको अनुगमनः कार्यसम्पन्न सन्तोषजनक


प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यको नेतृत्वमा गएको अनुगमन टोलिले पुल निर्माणको सोमवार अनुगमन गरेको छ । कार्यसम्पन्न सन्तोषजनक रहेको उक्त योजनाका उपभोक्ताले पुल निर्माणले आफुहरुको दैनिकिलाई प्रत्यक्ष सहयोग पुर्याएको वताएका छन्। उपमेयर शान्ता आचार्यको नेतृत्वमा प्यूठान नगरपालीका वर्डा नं १ का वर्डाअध्यक्ष रमेश आचार्य, कार्यपालीका सदस्य भगवता विष्ट, नगरपालीकाका अधिकृतहरु सुनिल शर्मा, चन्द्र वहादुर जि.सी, ईन्जिनियर विरेन्द्र कुँवर पत्रकार लगायतको टोलिले अनुगमन गरेको हो। अनुगमनको क्रममा उपमेयर आचार्यले समुदायको प्रत्यक्ष र प्रभावकारी सहभागीताको निम्ती स्थानियवासी र सहयोगी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रलाई धन्यवाद दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...