News Portal

रेडियो सुन्नुहोस्

किटघाट झोलुंङ्गे पुल निर्माणले स्थानियलाई सहज

सिखबर संवाददाता७ पुष प्यूठान
१०६७ पटक
७ पुष प्यूठान

प्यूठान नगरपालीका वर्डा नं १ किटघाट र माण्डवि गाँउपालीका वर्डा नँ ३ नयाँगाउ जोडने झोलुंङ्गेपुल निर्माण भएपछी स्थानियलाई सहज भएको छ। माडिखोला तर्नको निम्ति कहिले लामो दुरीको पैदल त कहिले जोखिमपुर्ण यात्रा गर्न वाध्य स्थानिय झोलुंङ्गे पुल निर्माणसंगै खुसी भएका छन्।

४८ लाख ७६ हजार ८ सय ६ रुपैयाँको लागतमा सम्पन्न झोलुंङ्गे पुलवाट १ सय ९१ घरधुरीका करिव एक हजार जना लावन्वित भएका छन्। झोलुंगेपुल निर्माणले विशेषगरि किटघाटवाट विद्यालय पढनजाने वालवालिका र किनमेलका लागी वजार आवतजावत गर्ने स्थानियले दैनिक रुपमा खेपिरहेको हैरानी र जोखिमपुर्ण यात्रालाई सहज वनाएको प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यले वताउनु भयो। हरेक दिन माडिखोला पार गरेर विद्यालय जानुपर्ने वालवालीका र दैनिक उपभोग्य सामाग्री लिन वजार जानुपर्ने महिलालाई यो झोलुँगे पुलले सहज वनाएको आचार्यले वताउनु भयो। झोलुंगे पुलको क्षेत्रगत कार्यक्रम केन्द्रिय अनुदान, प्यूठान नगरपालीका र समुदायको साझेदारीमा उक्त झोलुंगेपुल निर्माण भएको हो। प्यूठान नगरपालीकाको २ लाख ९२ हजार ६ सय ८, समुदायको ९७ हजार ५ सय ७६ र बाँकी झोलुँगे पुलको क्षेत्रगत कार्यक्रम केन्द्रिय अनुदानवाट झोलुंगे पुल निर्माण भएको प्यूठान नगरपालीकाका ईन्जिनियर विरेन्द्र कुँवरले वताउनु भयो । योजना कार्यन्वयनको निम्ति सामाजिक तथा प्राविधिक सहयोग मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले गरेको थियो ।

 

यसपाली फड्के हट्योः
हिउँदको महिनामा सधैभरी फड्केवाट खोला तर्नुपर्ने स्थानियको वाध्यता पुल निर्माणसंगै हटेपछी किटघाटमा वर्षौँदेखी वनाईदै आएको फड्के पनी हटेको छ। वर्षायाममा झण्डै १ किलोमिटर टाढा रहेको झोलुंङ्गे पुलवाट यात्रा गर्नुपर्ने वाध्यता थियो भने हिँउदका महिनामा स्थानियहरु काठको फड्के वनाएर त्यसैवाट नदी वारपार गर्ने गर्दथे। माण्डवी गाँउपालीकाको माण्डवी मा.वी. मा अध्ययन गर्न जाने साना वालवालीका फड्के तर्न नसक्ने हुनाले अभिभावकलाई विद्यालय जाने र घर आउने समयमा वालवालीकाले खोला तर्ने विषयकै चिन्ता हुने गर्दथ्यो। तर, यस्पाली झोलुँगे पुल निर्माण भएसंगै वालवालीकालाई विद्यालय पठाँउदाको अभिभावकको चिन्ता कम भएको छ भने माडिखोलामा हरेक वर्ष निर्माण गरिने फड्के हटेको छ। “वर्षातको समयमा घण्टौ हिडेर वच्चावच्ची स्कुल जान्थे भने हिँदमा फड्केवाट तर्नुपथ्र्यो। साना केटाकेटीलाई फट्के पार गराउन खोलामा पुग्नुपथ्र्यो। पुल वनेसँगै सजिलो भएको छ।” स्थानिय मुनिराम कुमालले भन्नुभयो “पुलसम्म पुग्ने वाटो पनि अल्ली ठुलो वनाउन पाए सहज हुनेथियो।”

नगरपालीकाको अनुगमनः कार्यसम्पन्न सन्तोषजनक


प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यको नेतृत्वमा गएको अनुगमन टोलिले पुल निर्माणको सोमवार अनुगमन गरेको छ । कार्यसम्पन्न सन्तोषजनक रहेको उक्त योजनाका उपभोक्ताले पुल निर्माणले आफुहरुको दैनिकिलाई प्रत्यक्ष सहयोग पुर्याएको वताएका छन्। उपमेयर शान्ता आचार्यको नेतृत्वमा प्यूठान नगरपालीका वर्डा नं १ का वर्डाअध्यक्ष रमेश आचार्य, कार्यपालीका सदस्य भगवता विष्ट, नगरपालीकाका अधिकृतहरु सुनिल शर्मा, चन्द्र वहादुर जि.सी, ईन्जिनियर विरेन्द्र कुँवर पत्रकार लगायतको टोलिले अनुगमन गरेको हो। अनुगमनको क्रममा उपमेयर आचार्यले समुदायको प्रत्यक्ष र प्रभावकारी सहभागीताको निम्ती स्थानियवासी र सहयोगी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रलाई धन्यवाद दिनुभयो।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने...

विभिन्न कार्यक्रम गरि नौंबहिनीले मनायो गणतन्त्र

१६औं गणतन्त्र दिवस नौबहिनी गाउँपालिकाले पनि मनाएको छ । गणतन्त्र दिवसको अवसरमा नौबहिनी गाउँपालिकाले सोमबार...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी