News Portal

रेडियो सुन्नुहोस्

प्युठान अस्पतालका आकस्मिक बाहेक अन्य सेवा ठप्प

दीपा पौडेलफागुन १७ प्यूठान
७०० पटक
फागुन १७ प्यूठान

प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरुले आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन्।

जिल्ला अस्पतालमा उपचार पश्चात् रेफर गरिएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।९थापा०को बाटोमै मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका थिए। फागुन १३ गते अनिसा प्रसुतीका लागि जिल्ला अस्पताल भर्ना भएकी थिइन्। उनको डेलिभरी सफलतापूर्वक नै भएको अस्पतालले जनाएको छ।उनको सल्यक्रिया मार्फत छोरा जन्मिएको थियो।

अस्पतालका सूचना अधिकारी खिम पार्देका अनुसार सल्यक्रिया गरेको दुई दिनपछि पेटमा समस्या देखिन थालेकोर पेट सुन्निदै गएको थियो। १५ गते अनिसाको अल्ट्रासाउन्ड गर्दाा पेटभित्र रगत जमेको देखिएको पार्देले बताए। रगत जमेको पाइएपछि आफन्तहरूको सहमतिमा फेरी उनको पेटको अप्रेसन गरिएको सूचना अधिकारी पार्दे बताउँछन्।रि अप्रेसन गर्दा उनको स्वास्थ्य अवस्था थप जटिल बनेकाले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि अस्पतालले बुटवल रेफर गरेको पार्देको भनाई छ।

उपचारपछि रेफर गरिएको अवस्थामा आइतबार बिहान बिरामीको बाटैमा मृत्यु भएको थियो। अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका थिए।उनलाई प्युठानबाट बुटवल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो।

अनिसाको मृत्यु भइसकेपछि आफन्तले शब अस्पतालमै फिर्ता ल्याएर आन्दोलन गरेका थिए। चिकित्सकको लापरबाहीले अनिसाको ज्यान गएको आफन्तको आरोप छ। तर, अस्पतालका चिकित्सकहरू आफूहरूको कुनै लापरबाही नभएको बताउँछन्। ‘कुनै पनि स्वास्थ्यकर्मीको उद्देश्य ज्यान जोगाउने हुन्छ। ज्यान लिने होइन। हामीले उनलाई बचाउनका लागि सक्दो प्रयास गरेका हौं। तर, अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने देखिएपछि रेफर गरेका हौं’, उनले भने।

‘नानाथरी गाली गरे। सबैको सामू माफी माग्नुपर्छ भने’, उनले भने, ‘डाक्टरले हामीले ज्यान जोगाउन खोज्दा खोज्दै माफी माग्नुपर्छ भने हामी माफी माग्छौं भन्नु भयो। यसले स्वास्थ्यकर्मीमा असुरक्षा थपिएको छ।’

दिउसो अस्पताल परीसरमा बिरामीका आफन्त आएर स्वास्थ्यकर्मीमाथि अपशब्द बोलेर गालीगलौज समेत गरेको गुनासो चिकित्सकहरुको छ। सरोकारबाला निकायहरूबीच छलफल गरी आक्रोसित भेलाले चिकित्सकहरूलाई माफी माग्न लगाएपछि उनीहरू त्रसित बनि आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालका सूचना अधिकारी खिम पार्देले बताए। उनले सबै जिम्मेवार निकायले कर्मचारीको सुरक्षा गर्न नसकेकाले आत्मालोचना गर्दै लिखित माफी माग्नु पर्ने र आउँदा दिनहरुमा यस्ता घटना नदोहोरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेका छन्।

अस्पतालले स्वास्थ्यकर्मीमाथी असुरक्षा बढ्नुका साथै दुव्र्यवहार भएको भन्दै आकस्मिक बाहेक सेवा ठप्प पारेको छ।आफूहरूका माग सम्बोधन नभए सेवा सुचारु नगर्ने उनीहरूको चेतावनी छ।

अस्पतालमा कार्यरत चिकित्सकहरुले अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने सान्त्वना दिदै आएको आफन्तको भनाई छ।
अस्पतालमा कार्यरत कर्मचारीहरुले आईतबार साँझ एक बिज्ञप्ती जारी गर्दै फाल्गुन १७ गते देखि अनिश्चितकालका लागि आकस्मिक बाहेक सम्पूर्ण सेवा ठप्प गर्ने जानकारी गराएका हुन ।

जिल्ला अस्पतालमा उपचार पश्चात् रेफर गरिएकी अनिसाको बाटोमै मृत्यु भएको बिषयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा जिल्लाका स्वास्थ्यकर्मी,कर्मचारी माथी भएको खेदजनक व्यबहारको भत्सर्ना समेत गरेको छ।

अस्पतालले अनिसालाई बचाउन सक्दो प्रयास गरेको समेत उल्लेख गरेको छ। बिज्ञप्तीमा प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख ,सुरक्षा निकायका प्रतिनिधि,प्युठान नगरपालिका मेयर , राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको रोहवरमा सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीलाई दवाब दिई बिना गल्ती माफी माग्न बाध्य पारिएको र अस्पताल बिकास समितीको तर्फबाट क्षतिपुर्तिको नाममा पैसा समेत तिर्न लगाएको घटनाले सम्पुर्ण अस्पताल परिबारको मनोबल क्षतबिच्छेद भएको कुरा उल्लेख छ।अस्पतालका कर्मचारी तथा स्वास्थकर्मीहरुले आफुहरु माथी अपमानजनक व्यबहार हुँदा पनि जिम्मेवार निकायका प्रमुखहरुले आफ्ना कर्मचारीहरुको सुरक्षा गर्न नसकेकोले आत्मालोचना गर्दै लिखित माफी माग्नुपर्ने, कर्मचारीको सुरक्षाको प्रत्याभूति गरि भबिस्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिबद्धता गर्नुपर्ने जस्ता माग राखेका छन। अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रेफर गरेका थिए । तर, बुटवल नपुग्दै तीन बजेतिर उनको मृत्यु भएको अनिसाका श्रीमान् सुदन थापाले बताए ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...