मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो ।
शनिबार राति १ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।
लगत्तै राष्ट्रपति कार्यालयले शनिवार बिहान १ बजेर ४९ मिनेटमा विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो ।(-लोकान्तरवाट)