News Portal

रेडियो सुन्नुहोस्

न्युनतम पारिश्रमिक कार्यन्वयनका लागि सञ्चारमाध्यम बलियो हुनुपर्ने: सरोकारवाला

सिखबर संवाददाता१५ असार, प्यूठान
१०३४ पटक
१५ असार, प्यूठान

न्युनतम पारिश्रमिक कार्यन्वयनका लागि सञ्चारमाध्यम बलियो हुनुपर्ने जिल्लास्थित सरोकारवालाहरुले वताएका छन् ।

जुम्रिमा आयोजित कार्यक्रममा वोल्दै जिल्लाका मिडिया सञ्चालकहरुले अहिलेपनि मोफसलमा सञ्चालित स्वरोजगारमुलक मिडियाहरुले न्युनतम पारिश्रमिक कार्यन्वयन गर्नसक्ने अवस्था नरहेको वताएका छन् । त्यसका लागि सरकारले मिडियामा लगानी वढाउनुपर्नेमा उनिहरुले जोड दिए ।

नेपाल सरकार, न्युनतम पारिश्रमिक निर्धारण समितीको आयोजनामा जुम्रिमा जिल्लास्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । न्युनतम पारिश्रमिक निर्धारण समितीका सदस्य गिरुप्रसाद भण्डारीको अध्यक्षता र प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै मेयर कक्षपतीले सञ्चारमाध्यमको स्तरवृद्घी र पत्रकारको क्षमतावृद्घीका निम्ति स्थानिय सरकारले लगानि गर्ने वताउनु भयो। न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य भण्डारीले निर्धारण समितिले सञ्चारमाध्यमको देशव्यापी अनुगमन गरि न्युनतम पारिश्रमिकको कार्यन्वयन गर्ने वताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशिल पोख्रेल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश संस्थापक उपाध्यक्ष दीपा घर्ती, जिल्लाअध्यक्ष सञ्जय रिजाल र जिल्लाका मिडिया सञ्चालक र पत्रकारहरुको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...