News Portal

रेडियो सुन्नुहोस्

न्युनतम पारिश्रमिक कार्यन्वयनका लागि सञ्चारमाध्यम बलियो हुनुपर्ने: सरोकारवाला

सिखबर संवाददाता१५ असार, प्यूठान
१००९ पटक
१५ असार, प्यूठान

न्युनतम पारिश्रमिक कार्यन्वयनका लागि सञ्चारमाध्यम बलियो हुनुपर्ने जिल्लास्थित सरोकारवालाहरुले वताएका छन् ।

जुम्रिमा आयोजित कार्यक्रममा वोल्दै जिल्लाका मिडिया सञ्चालकहरुले अहिलेपनि मोफसलमा सञ्चालित स्वरोजगारमुलक मिडियाहरुले न्युनतम पारिश्रमिक कार्यन्वयन गर्नसक्ने अवस्था नरहेको वताएका छन् । त्यसका लागि सरकारले मिडियामा लगानी वढाउनुपर्नेमा उनिहरुले जोड दिए ।

नेपाल सरकार, न्युनतम पारिश्रमिक निर्धारण समितीको आयोजनामा जुम्रिमा जिल्लास्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । न्युनतम पारिश्रमिक निर्धारण समितीका सदस्य गिरुप्रसाद भण्डारीको अध्यक्षता र प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै मेयर कक्षपतीले सञ्चारमाध्यमको स्तरवृद्घी र पत्रकारको क्षमतावृद्घीका निम्ति स्थानिय सरकारले लगानि गर्ने वताउनु भयो। न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य भण्डारीले निर्धारण समितिले सञ्चारमाध्यमको देशव्यापी अनुगमन गरि न्युनतम पारिश्रमिकको कार्यन्वयन गर्ने वताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशिल पोख्रेल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश संस्थापक उपाध्यक्ष दीपा घर्ती, जिल्लाअध्यक्ष सञ्जय रिजाल र जिल्लाका मिडिया सञ्चालक र पत्रकारहरुको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...