News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाका बासिन्दालाइ २० युनिटसम्मको विद्युत महसुल छुट

झुलेनी समाचारदाता
१३३४ पटक

प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिका क्षेत्रका करिब १० हजार घरधुरीलाई न्युनतम २० युनिटसम्मको विद्युत महसुल नलाग्ने बताउनुभएको छ । नगरपालिकाको नगरसभाबाट पारित भई चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु हुने उहाँले घोषणा गर्नुभएको हो ।

प्यूठान नगरपालिका वडा नं. ६ को कार्यालयले आयोजना गरेको वार्षिक समिक्षा तथा समिक्षा कार्यक्रमममा उहाँले यस्तो घोषणा गर्नु भएको हो । थोरै रकम विद्युत कार्यालयसम्म तिर्न आउँदा झन्जट र खर्चिलो भएको भन्दै नगरपालिकामा २० युनिटसम्म महसुल आउने जोसुकैले पनि लाभ लिनसक्ने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी घरमै सुत्केरी भई जोखिम ब्यहोरीरहेका सुत्केरीहरुलाई एम्बुलेन्स सेवा, कृषकहरुलाई कोल्डस्टोर सेवा, घ वर्षको अपाङ्गता भएकाहरुलाई पनि थप भत्ताको व्यवस्था गरीएको उहाँले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...