News Portal

रेडियो सुन्नुहोस्

मनकला हत्या प्रकरणमा एकै घरका ३ जना प्रहरी नियन्त्रणमा

सिखबर संवाददाता१४ साउन २०७८ प्यूठान
४१५ पटक
१४ साउन २०७८ प्यूठान

पश्चिम रुकुम त्रिवेणि गाउँपालिका–४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनामा संलग्न शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले एकै घरका ३ जनालाई सोधपुछका लागि सदरमुकाम ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको बताए । शंकास्पद उनीहरुलाई मंगलबार नै नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकामध्ये २ जना १८ वर्षमुनिका छन् । प्रहरीले उनीहरुको नाम खुलाएको छैन । प्रहरीले घटनास्थलबाट शंकास्पद वस्तु टर्च लाइट, कपडाहरु पनि फेला पारेको जनाइएको छ ।

सोमबार राति मनकलाको घर नजिकैको भैंसी गोठ नजिकै मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको थियो ।

खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा केही तल शव भेटिएको थियो । मनकलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको  जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बताए ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, मा भएको घटनाप्रति जिल्लास्थित विभिन्न संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफ्नै भैंसी गोठमा वस्तुभाउलाई घाँस हाल्न गएकी २६ वर्षीया मनकला खत्री खड्काको हत्याको भत्सर्ना गर्दै संघ संस्थाहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

अन्तर पार्टी महिला सञ्जाल, नेपाल पत्रकार महासंघ, हरप्लेस, महिला पुनस्थापना केन्द्र, इन्सेक र महिला मानव अधिकार रक्षक सञ्जालले सयुंक्त विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका हुन् ।

मकैबारीमा लछारपछार गरी विभत्स ढंगले गरिएको हत्याले मानिसको अपराधिक मनोवृत्ति उदांगिएको भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भ्रत्सना गरिएको छ । त्यस्तै नेपाली कांग्रेस पश्चिम रुकुमले पनि मंगलबार विज्ञप्ति  जारी गर्दै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गरेको छ ।

पार्टी सभापति प्रेमप्रकाश वलीद्वार जारी गरिएको विज्ञप्तिमा समाजमा दिनानुदिन बढदै गएको अराजकता, दम्भ, र बढ्दो दण्डहीनता नै यस्तो अपराधिक घटनाको कारक भएको ठहर रहेको उल्लेख गरिएको छ ।

‘आफ्नो घर आँगनमा महिला सुरक्षित हुन नसक्नु निकै दुःखद र निन्दनीय कुरा हो समाजमा दिनानुदिन हुने महिला हिँसाका घटना ले सम्पुर्ण समाजलाइ नै स्तब्ध बनाएको छ विज्ञप्तिमा भनिएको छ,’ घटना रहस्यमय र सङकासपत भएकाले अनुन्धानको दायरा फराकिलो पारी त्रसित र आतङकित समाजमा शान्ति सुरुक्षाको प्रत्याभूत गराउन नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।’

मनकलाको टाउकोमा धारिलो हतियार प्रहार गरेको चार वटा गहिरो चोट लागेको छ । उनको नाक, कान र घाँटीमा भएका सबै गरगहना लुटिएको छ । टाउकोमा धारिलो हतियारको गहिरो चोट छ भने एउटा कान पूरै काटिएको छ भने अर्को कान च्यातिएको अवस्थामा छ ।

‘प्रहरीले घटनास्थल शिल गरि अनुसन्धान गरिरहेको बताएको छ । हत्यामा संलग्नताको अहिलेसम्म केही खुलेको छैन । पोष्टमार्टम पछि अरु कुरा खुल्दै जाला । अहिले घटनाबारे केहीलाई सोधपुछ गर्ने कार्य चलिरहेको छ,’ प्रहरी प्रमुख श्रेष्ठले बताए ।

अनुसन्धानका लागि बाँकेबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए । मृतकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन् । सात वर्षीय एक छोरा र सासूआमा घरमा छन् ।

-अन्नपूर्णबाट साभार

प्रतिकृया दिनुहोस्

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती...

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित

मौसम प्रतिकुलताका कारण पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित गरिएको छ ।...

सहकारीबाट करिब डेढ लाख नगद चोरी

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । मल्लरानी ३ सालठाटी स्थित...

करेन्ट लागेर प्यूठानमा एकको मृत्यु

प्यूठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका ७ टिकुरी निवासी ५८...

हातको रड जिल्लामै निकाल्न पाँउदा कृष्णाको अनुहारमा आएको खुसी

गौमुखी गाउँपालिका ४ पुँजाकी २२ बर्षिय कृष्णा घर्ति क्षेत्रीको डेढ बर्ष अघि लडेर दाँया हात...