News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी नगरपालीकामा अनियमितता भएको कांग्रेसको आरोप(११ आरोपसहित)

सिखबर संवाददाता१ जेठ, प्यूठान
१६१२ पटक
१ जेठ, प्यूठान

नेपाली कांग्रेस स्वर्गद्धारी नगरकमिटीले प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालीकामा व्यापक अनियमितता गरिएको र जनप्रतिनिधीले एकलौटी रुपमा कार्य सञ्चालन गरेको आरोप लगाएको छ।

आज भिंग्रीमा पत्रकाट भेटघाट कार्यक्रम गरि कांग्रेस नगरकमिटीले जनप्रतिनीधिहरुले सवै जनताको शाझा प्रतिनिधीको रुपमा काम नगरेर वाद र आस्थाको आधारमा विभेद गरेको आरोप लगाएको छ।

नेपाली कांग्रेस स्वर्गद्धारी नगरकार्यसमिती प्यूठानका सभापती तिलककुमार वि. क. ले हस्ताक्षेर गरेको विज्ञप्ती समेत पत्रकार भेटघाटमा सार्वजनीक गरिएको थियो। विज्ञप्तीमा नगरपालीकाले व्याक्तिको खेतमा वाटो पुर्याउन अर्कै नगरपालीकामा वजेट खर्च गरिएको, उपभोक्ता समितीका कार्यहरुमा पनि कृतिम ठेकेदार निर्माण गरिएको लगायतका ११ वटा त्रुटी गरेको आरोप लगाईएको छ।

११ आरोपहरु
१) नगरपालीकाको वर्डा नं १ मा ५० लाख रुपैयांको विद्युतिकरणको कार्य उपभोक्ता समिती मार्फत गराउने भनि उपभोक्ता समिती गठन गरिएतापनि नगर प्रमुख र वडा अध्यक्षको मिलेमतोमा मनोमानी ढंगवाट कृतीम ठेकेदार तयार गरिएको।

२) प्रहरि चौकी भलडाँडाको फिल्ड खन्ने भनी ४ लाख वरावरको रकम विनियोजन गरिएपनि वढिमा ४० प्रतिशत मात्र कार्य सम्पन्न भएको।

३)वर्डा नं. २ मा ४९ लाखको विद्युत विस्तार समिती गठन गर्दा कृतीम ठेकेदार तयार गर्नका लागी ३ दिन अघिमात्र गोप्य उपभोक्ता समिती गठन गरिएको।

४)वर्डा नं ३ को पिपलपाटा–मावि मोटरबाटोको ५१० मिटर ग्रावेल सडकमा १० लाख बजेट विनियोजन गरि कार्य अगाडि वढाएकोमा व्यापक अनियमितता गरिएको र उपभोक्ता समितीलाई समेत वोल्न नदिई जवरजस्ती सार्वजनिक परिक्षणमा दस्तखत गर्न लगाईएको।

५) नगरपरिषद्बाट वर्डा नं ६ को मिलनचोक–निग्लाको बाटोलाई ८ लाख बजेट छुट्याई उपभोक्ता समिती गठन गरेतापनी आफु अनुकुलको समिती नवनेपछी ५७० मिटर मात्र ट्रयाक बांकी रहेको बाटोको कार्य अगाडि नवढाई नयाँ सडक भिरकुना–टाकुरा मोटरवाटो खन्ने निर्णय गरिएको। उक्त ट्रयाक आम जनतालाई अपाएक र पुर्णत नयाँ भएको।

६) वर्डा नं ८ को शिसु कल्याण निमावी वर्जिवाङ पर्खाल निर्माणमा ६ लाख बजेट विनियोजन गरिएको भएतापनी २ लाख ४५ हजार मात्र खर्च गरि वाँकी रकम दुरुपयोग भएको। त्यस्तै सोहि वडाको डुहुरेखोला खानेपानीमा ४ लाख बजेट विनियोजन गरिएकोमा ३ लाख मात्र खर्च गरि वाँकि रकम विल भर्पाइ मिलाएको, सैनीनेटा प्रतिक्षालयमा २ लाख बजेट विनियोजन भएकोमा ६ लाखमा ठेक्का दिईएको भनि प्रचार गरिएको। यसका अतिरिक्त प्यूठान नगरपालिकाभित्र पर्ने भित्तुङखोलामा रहेको एकजना व्यक्तिको खेतमा पुग्नेगरि मोटरवाटोका लागि १ लाख रकम विनियोजन गरिएको, पल्लो मौधारा खानेपानी टंकी निर्माणमा २ लाख ६० हजार रकम विनियोजन गरिएकोमा १ लाख मात्रको कार्य गरिएको।

७) उपभोक्ता समितीमार्फत गरिएका कामहरुमा कोटेशन नलिई कार्यहरु गर्ने गरेको र प्रतिस्पर्धात्मक पद्धती अवलम्वन नगरी कमिसनका लागी नगरपालिकाले तोकिएको मुल्यमा नघटाई कार्य अगाडि वढाईएको।

८) नगर प्रमुख र वर्डाअध्यक्षले शिक्षा नितीलाई निजी स्वार्थमा मनोमानी ढंगले प्रयोग र दुरुपयोग गरेको।

९) निर्वाचित प्रतिनिधीहरुले एकाघरको स्वामित्वमा रहेको स्काभेटर÷व्याकुलोडर प्रयोग गर्ने गरेको र नभएका प्रतिनिधीले उपभोक्ता समितीमा ठाडो हस्तक्षेप गरि मिलेमतोमा मेसिन प्रयोग गर्ने गरेको साथै अर्को वर्षको बजेटलाई प्रभावित पार्ने योजना अन्र्तगत उधारो कार्य गरिएको व्यापक प्रचार गरिएको।

१०) स्वर्गद्धारी नगरपालीकाले युवा, दलित, जनजाती, महिला लक्षित कार्यक्रम र समग्र नगरपालीकाको दिर्घकालीन हित, पर्यटन प्रवद्र्धन र रोजगारी श्रृजना हुनेखालका कार्यक्रममा वजेट न्युन छुट्याएको र छुट्याईएको वजेटमा पनी सहभागी छनौट गर्दा त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गर्नेगरि अगाडि वढाईएको।

११) नगरपालीकामा विभिन्न सिफारीस माग गर्न जादा बाद र आस्था हेरी विभेद गरिएको।

यद्यपी स्वर्गद्धारी नगरपालीकाका मेयर नेत्र वहादुर रोकायले उनिहरुले लगाएको आरोप सत्य नभएको वताएका छन्। आफुहरुले ठेक्कामा काम गर्न नपाएपछी आरोप लागाईएको वताए।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...