News Portal

रेडियो सुन्नुहोस्

संविधानमा केन्द्र र प्रदेश सरकारको गम्भिर मतभेद! के आउला परिणाम?

सिखबर संवाददाता३ वैशाख
१३४१ पटक
३ वैशाख

केन्द्र र प्रदेस संसद र सरकारमा संविधानलाई वुझ्ने दृष्टिकोणमा गम्भिर प्रकारको मतभेद देखिएको छ।

संघिय संसदमा प्रदेश २ का मुख्यमन्त्रिले भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा नेपालको संविधानमा संघर्ष जारी रहेको भनि दिएको भविव्यक्तिको चर्को आलोचना भएको थियो।

तर, प्रदेश २ को प्रदेश सरकारले संविधानमा त्रुटी भएकोले मुख्य मन्त्रिको अविव्यक्तिप्रति वहस नगरौं भनेपछी केन्द्र र प्रदेशका सरकार र संसदको संविधानप्रतिको दृष्टिकोणमा गम्भिर प्रकारको मतभेद देखिएको हो।

प्रधानमन्त्री के.पी शर्मा वलिले संघिय संसदमा मुख्यमन्त्रिको अविव्यक्तिप्रति असहमति जनाएका थिए। संघिय संसदमा वोल्ने संसदहरुले पनि मुख्यमन्त्रिको अविव्यक्तिप्रती आपत्ति जनाएपनि प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिमाथि बहस गर्नु औचित्यहीन भएको बताएको छ ।

वैशाख २८ गते मोदी नेपाल भ्रमणका आएका थिए । त्यसक्रममा जनकपुरमा भएको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरु संघर्षरत रहेको बताएका थिए ।

मुख्यमन्त्री अन्तरिक मामिला विदेशी पाहुनासामू राख्नु कूटनीतिक मर्यादा विपरित भएको भन्दै केन्द्र सरकारले असन्तुष्टि जनाएको छ । प्रदेशसभामा पनि मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्कै बहस भएपछि सरकारले जवाफ दिएको छ ।

बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले जनताको इच्छा र आकांक्षा अभिव्यक्त गरेको बताए । ‘जनताको भावना बमोजिम अभिव्यक्ति दिनु नेतृत्वको दायित्व हुन्छ । सोही दायित्व सम्झेर मुख्यमन्त्रीले लाखौं जनताका अगाडि आफ्ना कुरा राख्नु भएको हो, संविधानमा अझै त्रुटी र विभेदका कुराहरु छन् ।’
संविधानमा भएका विभेदकारी प्रावधान र प्रदेशको अधिकारका लागि आफ्नो धारणा राख्नु गलत नभएको मन्त्री यादवले बताए । उनले भने, ‘जनमतले दिएको म्यान्डेट नेतृत्वले उठाउनु स्वभाविक हो । त्यसकारण मुख्यमन्त्रीको भनाइका सन्दर्भमा भइरहेको टिकाटिप्पणीको कुनै औचित्य छैन ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...