News Portal

रेडियो सुन्नुहोस्

गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडियो एक्सरे सेवा सुरु

 सागर रिजाल३ भदाै २०७८, प्यूठान
२५४८ पटक
३ भदाै २०७८, प्यूठान

ऐरावती गाउँपालिका वडा नं २ स्थित पुरन्ठाटी स्वास्थ्य चौकी बरौलामा गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारबाट अल्ट्रासाउण्ड लगाएतका उपकरणहरु सहयोग भएपछि उक्त सेवा सञ्चालनमा ल्याईएको हो ।

 

गाउँपालिका अध्यक्ष नविलबिक्रम शाहले एक समाराेहका बिच बुधवार नि:शुल्क भिडियो एक्सरेको सुचारु गर्नुभएको हो । उद्घाटन गर्दै शाहले पालिका धुवाङ्ग र पुरन्ठाटी स्वास्थ्य चौकीबाट यो सेवा प्रारम्भ गरेको जानकारी दिनुभयो । पुरन्ठाटी स्वास्थ्य संस्था केही समय पहिलेदेखी यो सेवा सुरु भएपनि शुल्क तिरेर सेवा लिनुपर्दथ्यो, अध्यक्ष शाहले भन्नुभयो,—‘प्रदेश सरकारबाट अनुदान आएकाले अब गर्भवती महिलाले निशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ ।’

पुरन्ठाटी स्वास्थ्य चौकीमा १५ बेडको अस्पताल निर्माणका लागि प्रक्रिया समेत अगाडी बढाईएको अध्यक्ष शाहले बताउनुभयो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन भएपछि स्थानीयले गाउँमै स्वास्थ्य सुविधा पाउने बताउनुभयो । उहाँका अनुसार अव यहि सेवा लिन टाढा जानुपर्ने बाध्यता हटेको छ ।

 

यस क्षेत्रका महिलाहरुलाई यो परिक्षण पालिकामै होस भन्ने उदेश्यले निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरिएको उहाँको भनाई छ । निशुल्क रुपमा यो सेवा सञ्चालनमा आएपछि आर्थिक हिसाबले सहज हुने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । पुरन्ठाटी स्वास्थ्य चौकीका प्रमुख बसन्ता के.सी.ले गर्भावस्थामा बच्चा र आमामा हुने जटिलता पत्ता लगाई आमा र बच्चाको ज्यान बचाउने र आवश्यक व्यवस्थापन गर्ने उदेश्यले भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको बताउनुभयो ।

यस सेवा मार्फत प्रत्येक गर्भवती महिलाले कम्तीमा तीन पटक (४,६र ९ महिनामा) भिडियो एक्सरे (युएसजी) सेवा पाउनेछन ।  निशुल्क भिडियो एक्सरे सेवाको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडाअध्यक्ष भिमेसकुमार घर्तीमगर, व्यवस्थापन समितिका सदस्यहरु र स्वास्थ्य संस्थाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...