News Portal

रेडियो सुन्नुहोस्

आड्रा नेपालद्वारा प्युठान अस्पताललाई स्वास्थ सामाग्री सहयोग

बोम बहादुर परियार२०७८ भाद्र ४, प्यूठान
१६३४ पटक
२०७८ भाद्र ४, प्यूठान

जिल्लामा लामो समयदेखि स्वास्थको क्षेत्रमा काम गर्दै आएको आड्रा नेपालले प्युठान अस्पताललाई स्वास्थ सामग्री सहयोग गरेको छ । कोभिड १९ रोकथाम र स्वास्थकर्मिलाई सहयोग पुग्ने गरि बिहिबार अस्पताललाई सामाग्री हस्तान्तरण गरेको आड्रा नेपाल प्युठानकी कार्यक्रम प्रमुख तिर्सना दाहालले जानकारी गराइन ।

उनका अनुसार पछिल्लो समय पुन जिल्लामा कोरोना संक्रमित बढेसंगै अस्पताललाई सहयोग पुग्ने गरि अक्सिमिटर २ थान ,नेबुलाईजर २ थान , सेनिटाईजर ५० थान , फेसियल ५०० थान , ग्लब्स ५०० , सर्जिकल मास्क १०००थान , के एन ९५ मास्क १०० थान , थर्मोगन २ थान लगायतका सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको हो । यस्तै यसअघी देशका बिभिन्न अस्पतालहरुमा पनि यो संस्थामार्फत सहयोग प्रदान गरीदै आएको थियो ।

 

जिल्लामा अहिले ५ जना कर्मचारी रहेको र संस्थाका कर्मचारीहरुले महामारिको समयमा गाउ गाउमा गर्भवती महिलाहरुका लागि घरमै पुगेर प्रसुति जाच सेवा , कोरोना संक्रमित हरुलाइ काउन्सिलिङ , स्वास्थ संस्थाले चलाउने गाउघर क्लिनिकमा सहयोग , कोभिड भ्याक्सिन लगाउन सहयोग, कोभिड संग सम्बन्धित हरेक कार्यक्रम हरुमा सहजीकरण गर्दै आएको संयोजक दाहालले जानकारी दिइन ।

 

त्यस्तै प्युठान अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नबिन दर्नालले महामारीको समयमा अस्पताललाई स्वास्थ सामाग्री सहयोग प्रदान गरेकोमा सहयोगी सस्थालाई धन्यवाद दिए । बिभिन्न संघ सस्था , स्थानीय निकाय, नागरिक समाज लगायत प्युठान बासिको सकारात्मक सहयोग रहे अस्पतालबाट दिईने सेवा सुबिधा थप प्रभावकारि रहन सक्ने दर्नालको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...