News Portal

रेडियो सुन्नुहोस्

सुरुङमार्ग बनाउन दिए ९ कम्पनीले आवेदन

झुलेनी संवाददाता१० भाद्र २०७८ प्यूठान
३८६ पटक
१० भाद्र २०७८ प्यूठान

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि ९ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिनुभयो । सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ ।

सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “आवेदन दिएका कम्पनीहरूको प्राविधिक प्रस्तावको अहिले मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट कम्पनीको मात्र आर्थिक प्रस्तावको समेत मूल्याङ्कन गरिने छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढाइने छ ।” आवेदन दिएका कम्पनीहरूले बोलपत्रको मापदण्ड पूरा गरेको अवस्थामा अबको दुई महिनाभित्र कम्पनी छनोट प्रक्रिया पूरा हुने उहाँले स्पष्ट पार्नुभयो । छनोट भएका कम्पनीले पाँच वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्ने निर्देशक जैसीले बताउनुभयो । त्यसैगरी सुरुङमार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुने उहाँले बताउनुभयो । ‘डीएलपी’ को अवधिमा सुरुङमार्गको मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।

यो सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडक खण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोला नजिकै हुनेछ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुनेछ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’को हुने निर्देशक जैसीले बताउनुभयो । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग गरिनेछ ।

 

गाेरखापत्रबाट

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

बालमैत्री स्थानीय शासन सञ्चालन सम्बन्धि तालिम ऐरावतीमा

बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम ऐरावती गाउँपालिका ५ मा सम्पन्न भएको छ । सरोकार सञ्चार...

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक...

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी