News Portal

रेडियो सुन्नुहोस्

सुरुङमार्ग बनाउन दिए ९ कम्पनीले आवेदन

झुलेनी संवाददाता१० भाद्र २०७८ प्यूठान
९५९ पटक
१० भाद्र २०७८ प्यूठान

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि ९ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिनुभयो । सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ ।

सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “आवेदन दिएका कम्पनीहरूको प्राविधिक प्रस्तावको अहिले मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट कम्पनीको मात्र आर्थिक प्रस्तावको समेत मूल्याङ्कन गरिने छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढाइने छ ।” आवेदन दिएका कम्पनीहरूले बोलपत्रको मापदण्ड पूरा गरेको अवस्थामा अबको दुई महिनाभित्र कम्पनी छनोट प्रक्रिया पूरा हुने उहाँले स्पष्ट पार्नुभयो । छनोट भएका कम्पनीले पाँच वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्ने निर्देशक जैसीले बताउनुभयो । त्यसैगरी सुरुङमार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुने उहाँले बताउनुभयो । ‘डीएलपी’ को अवधिमा सुरुङमार्गको मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।

यो सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडक खण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोला नजिकै हुनेछ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुनेछ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’को हुने निर्देशक जैसीले बताउनुभयो । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग गरिनेछ ।

 

गाेरखापत्रबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...