News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण, यी सम्झौतामा हस्ताक्षर हुँदै

सिखबर संवाददाता१ असार
११११ पटक
१ असार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब एक दर्जन सम्झौतामा हस्ताक्षर गरिने भएको छ ।

असार ५ गतेबाट हुने भ्रमणमा अधिकांश सम्झौता उर्जा र यातायात (कनेक्टिभिटी)सँग सम्बन्धित हुनेछन् । दुबै देशका निजी क्षेत्रका परियोजनामा पनि सम्झौता हुने छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका सम्झौताहरुको कार्यान्वयन पक्षमा छलफल हुनेछ । भ्रमण बिगतको सहमति कार्यान्वयनमा केन्द्रित हुने भन्दै सीमापार विद्युत प्रसारण लाइन, रेलवे र उर्जासँग सम्बन्धित सम्झौता हुने बताए ।

पुनर्निर्माणको क्षेत्रमा चिनियाँ सहयोगको द्विपक्षीय समझदारी र परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्रको समझदारीमा पनि हस्ताक्षर हुनेछ । रसुवागढीमा चीनले बनाइदिन लागेका दुईवटा पुल र ‘ट्रान्जिट ट्रान्सपोर्ट’ सम्बन्धी प्रोटोकलमा भने यस पटक सम्भव नभएपछि हस्ताक्षर गरिने मन्त्री ज्ञवालीले जानकारी दिए ।

भ्रमणकै क्रममा निजी क्षेत्रबीच ऊर्जा र कृषिक्षेत्रको विकासमा सम्झौता हुनेछ । नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआइजी कम्पनीबीच मर्सयाङ्दीका विभिन्न स्थानमा गरि एक हजार मेगावाट विद्युत उत्पादन गर्ने सम्झदारीमा हस्ताक्षर हुनेछ । नेपालको सातै प्रदेशमा आपतकालिन प्रकोप उद्धार संयन्त्र निर्माणका लागि पनि सम्झौता हुने सम्भावना छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार ५ गते काठमाडौंबाट बेइजिङ पुग्नेछ भने सोही साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने छन् । असार ६ गते त्यहाँको ब्यापारिक समुदायसँग अन्तरक्रिया हुने, सोही दिन नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपिआइटी बीचको छलफल उर्जा कृषि सम्बन्धि निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।

असार ७ गते प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौतामा हस्ताक्षर, पत्रकार सम्मेलन र राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली असार ८ गते चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै १० गते नेपाल फर्कने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...