News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण, यी सम्झौतामा हस्ताक्षर हुँदै

सिखबर संवाददाता१ असार
९५१ पटक
१ असार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब एक दर्जन सम्झौतामा हस्ताक्षर गरिने भएको छ ।

असार ५ गतेबाट हुने भ्रमणमा अधिकांश सम्झौता उर्जा र यातायात (कनेक्टिभिटी)सँग सम्बन्धित हुनेछन् । दुबै देशका निजी क्षेत्रका परियोजनामा पनि सम्झौता हुने छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका सम्झौताहरुको कार्यान्वयन पक्षमा छलफल हुनेछ । भ्रमण बिगतको सहमति कार्यान्वयनमा केन्द्रित हुने भन्दै सीमापार विद्युत प्रसारण लाइन, रेलवे र उर्जासँग सम्बन्धित सम्झौता हुने बताए ।

पुनर्निर्माणको क्षेत्रमा चिनियाँ सहयोगको द्विपक्षीय समझदारी र परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्रको समझदारीमा पनि हस्ताक्षर हुनेछ । रसुवागढीमा चीनले बनाइदिन लागेका दुईवटा पुल र ‘ट्रान्जिट ट्रान्सपोर्ट’ सम्बन्धी प्रोटोकलमा भने यस पटक सम्भव नभएपछि हस्ताक्षर गरिने मन्त्री ज्ञवालीले जानकारी दिए ।

भ्रमणकै क्रममा निजी क्षेत्रबीच ऊर्जा र कृषिक्षेत्रको विकासमा सम्झौता हुनेछ । नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआइजी कम्पनीबीच मर्सयाङ्दीका विभिन्न स्थानमा गरि एक हजार मेगावाट विद्युत उत्पादन गर्ने सम्झदारीमा हस्ताक्षर हुनेछ । नेपालको सातै प्रदेशमा आपतकालिन प्रकोप उद्धार संयन्त्र निर्माणका लागि पनि सम्झौता हुने सम्भावना छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार ५ गते काठमाडौंबाट बेइजिङ पुग्नेछ भने सोही साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने छन् । असार ६ गते त्यहाँको ब्यापारिक समुदायसँग अन्तरक्रिया हुने, सोही दिन नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपिआइटी बीचको छलफल उर्जा कृषि सम्बन्धि निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।

असार ७ गते प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौतामा हस्ताक्षर, पत्रकार सम्मेलन र राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली असार ८ गते चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै १० गते नेपाल फर्कने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...