News Portal

रेडियो सुन्नुहोस्

१० सांसद एमाले छोडेर एकीकृत समाजवादीमा जाने : प्रदेश–१

झुलेनी नेटवर्क संवाददाता१६ भाद्र २०७८ प्यूठान
१०२२ पटक
१६ भाद्र २०७८ प्यूठान

प्रदेश–१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन्। उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जनाएका छन्।

‘हामी दिउँसो १२ बजेतिर निर्वाचन आयोग जाँदैछौं। आज १० जनाले सनाखत गर्दैछौं । २२ गतेसम्म अरू तीनदेखि पाँच जनासम्म साथीहरू थपिनुहुन्छ,’ प्रदेश सभा सदस्य सावित्री रेग्मीले भन्नुभयो, आज सनाखत गर्न लागेका साथीहरू सबै सँगै छौं ।’

उनका अनुसार आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्दै छन् ।

यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन् । ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन् ।

सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित ५१ सांसद थिए। तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएकी छन् र उनी अहिले फरार सूचीमा छन्। १० सांसदले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन्।

विपक्षी गठबन्धनमा भने अहिले नै कांग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...