News Portal

रेडियो सुन्नुहोस्

उपत्यकामा ४ महिनापछि हट्यो निषेधाज्ञा : तर, विद्यालय खोल्न नपाइने

झुलेनी नेटवर्क
८२० पटक

काठमाडौं । उपत्यकामा वैशाख १६ देखि अर्थात ४ महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको बैठकले कोरोनाको अवस्थालाई हेरेर निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् ।

निषेधाज्ञा हटाइएपनि तत्काल विद्यालय खुलाउन भने नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताएका छन् ।

 

उनीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर, विद्यालय सञ्चालन गर्नुपर्ने स्थिति आए स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने भनिएको छ ।

साथै, बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...