News Portal

रेडियो सुन्नुहोस्

भोकभोकै दार्चुलाका पहिरो पीडित : त्रिपाल र खाद्यान्न माग

झुलेनी नेटवर्क२०७८ भाद्र १६ प्यूठान
७२३ पटक
२०७८ भाद्र १६ प्यूठान

दार्चुलाको दुहु गाउँपालिकाका बाढी पीडितले राहत नपाएको गुनासो गरेका छन् । आइतबार दार्चुलाको दुहु गाउँपालिका १ बासपालिका बस्ने नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भयो । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरुले ज्यान गुमाएका हुन्।

दुहु गाउँपालिकाको ५ दुल्लामा बाढीमा परी मनुवा डडालले पनि ज्यान गुमाए। कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको थियो। तीनजनाको ज्यान जाने गरी आएको बाढी पहिरोपछि पीडित परिवारले राहत नपाएको गुनासो गरेका छन । ‘चार दिन भयो, विस्थापित भएको। अर्काको घरमा सामान राखेर बस्नु परेको छ, कतिपय प्रभावितहरु स्कुलमा बसेका छन्, आफै सामान किनेर ल्याउनका लागि सदरमुकाम जाने चारवटा पुल बगाएको छ, सरकारले केही पनि राहत दिएको छैन,’ दुहुँ गाउँपालिका १ की निर्मला बमले भनिन् ।

उनको घरमा क्षति पुगेको छ । सामान चउरमा राखेकी छिन। ‘टेन्ट, त्रिपाल र खाद्यान्न अभाव भयो, तीनै तहका सरकार छन् तर कसैले पनि बाँच्नका लागि अन्न पनि दिँदैनन्,’ उनले आक्रोशित हुँदै भनिन्।

शनिबारदेखि परेको अविरल वर्षाले दुहु गाउँपालिकाको वडा नम्बर १, ३ र ५ मा बढी क्षति पुर्याएको छ। बुधबार पानी रोकिए पनि घरहरु पहिरोसँगै सरिरहेका छन् । दुहुँ वडा नम्बर १ का लक्ष्मण महरले काका र काकी गुमाएका छन्। ‘पहिरो पीडित विद्यालयमा बसेका छन्, नजिक आफन्त भएकाले त मागेर खाइरहेका छन्,अरुको बेहाल छ। अन्न पानीको समस्या भयो,’ उनले भने ।

बाढीले जिल्ला सदरमुकाम नजिकैको लास्कु खोलामा रहेको झोलुंगेपुल, वडा नम्बर ३ मारहेको निजाङगाड पुल, वडा नम्बर ४ र २ जोडने कालागाड पुल र वडा नम्बर १ र २ जोगने कुकुरेपुल बगाएको छ।

दुहुँ गाउँकै बासिन्दा तथा प्रदेश सरकारको सार्वजनिक लेखा समितिकी सभापति नन्दा बमले संघ र प्रदेश सरकारले दार्चुलाका बाढी पीडितका लागि अविलम्ब त्रिपाल र खाद्यान्न पठाउन माग गरेकी छन् ।

‘मैले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीदेखि संघ सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई फोन गरेर दार्चुलाका बाढी पीडितका लागि त्रिपाल र खाद्यान्न पठाइ दिन अनुरोध गरेकी छु, तर कतैबाट पनि कुनै पहल भएको छैन,’ सांसद बमले भनिन्।

उनले आफ्नै परिवारका पाँच परिवार विस्थापित भएको बताइन । ‘मेरै परिवारका पाँच परिवार विस्थापित भएका छन्, बाजथलीका ५० परिवार र धलीगढाका २० परिवारको पनि विचल्ली छ, मन्त्रीहरुलाई भनेपछि हुन्छ, हुन्छ भन्छन् तर जनता भोकले मर्न लागे, कहिले खाद्यान्न जान्छ ? थाहा छैन,’ बमले दुखेसो पोखिन्।

पहिरोमा परेर घाइते भएका दुईजनालाई हेलिकोप्टरबाट सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । सांसद बमले तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने माग गरिन्। ‘बाढीपीडित भोकले मर्न लागे, सदरमुकाम जाने बाटो छैन, सरकारले खाद्यान्न दिँदैन,’ आक्रोशित हुँदै भनिन्, ’दुर्गमका जनताका पीडा सरकारले बुझोस् ।’

 

 

 

अन्नपुर्ण

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...