News Portal

रेडियो सुन्नुहोस्

भोकभोकै दार्चुलाका पहिरो पीडित : त्रिपाल र खाद्यान्न माग

झुलेनी नेटवर्क२०७८ भाद्र १६ प्यूठान
८७९ पटक
२०७८ भाद्र १६ प्यूठान

दार्चुलाको दुहु गाउँपालिकाका बाढी पीडितले राहत नपाएको गुनासो गरेका छन् । आइतबार दार्चुलाको दुहु गाउँपालिका १ बासपालिका बस्ने नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भयो । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरुले ज्यान गुमाएका हुन्।

दुहु गाउँपालिकाको ५ दुल्लामा बाढीमा परी मनुवा डडालले पनि ज्यान गुमाए। कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको थियो। तीनजनाको ज्यान जाने गरी आएको बाढी पहिरोपछि पीडित परिवारले राहत नपाएको गुनासो गरेका छन । ‘चार दिन भयो, विस्थापित भएको। अर्काको घरमा सामान राखेर बस्नु परेको छ, कतिपय प्रभावितहरु स्कुलमा बसेका छन्, आफै सामान किनेर ल्याउनका लागि सदरमुकाम जाने चारवटा पुल बगाएको छ, सरकारले केही पनि राहत दिएको छैन,’ दुहुँ गाउँपालिका १ की निर्मला बमले भनिन् ।

उनको घरमा क्षति पुगेको छ । सामान चउरमा राखेकी छिन। ‘टेन्ट, त्रिपाल र खाद्यान्न अभाव भयो, तीनै तहका सरकार छन् तर कसैले पनि बाँच्नका लागि अन्न पनि दिँदैनन्,’ उनले आक्रोशित हुँदै भनिन्।

शनिबारदेखि परेको अविरल वर्षाले दुहु गाउँपालिकाको वडा नम्बर १, ३ र ५ मा बढी क्षति पुर्याएको छ। बुधबार पानी रोकिए पनि घरहरु पहिरोसँगै सरिरहेका छन् । दुहुँ वडा नम्बर १ का लक्ष्मण महरले काका र काकी गुमाएका छन्। ‘पहिरो पीडित विद्यालयमा बसेका छन्, नजिक आफन्त भएकाले त मागेर खाइरहेका छन्,अरुको बेहाल छ। अन्न पानीको समस्या भयो,’ उनले भने ।

बाढीले जिल्ला सदरमुकाम नजिकैको लास्कु खोलामा रहेको झोलुंगेपुल, वडा नम्बर ३ मारहेको निजाङगाड पुल, वडा नम्बर ४ र २ जोडने कालागाड पुल र वडा नम्बर १ र २ जोगने कुकुरेपुल बगाएको छ।

दुहुँ गाउँकै बासिन्दा तथा प्रदेश सरकारको सार्वजनिक लेखा समितिकी सभापति नन्दा बमले संघ र प्रदेश सरकारले दार्चुलाका बाढी पीडितका लागि अविलम्ब त्रिपाल र खाद्यान्न पठाउन माग गरेकी छन् ।

‘मैले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीदेखि संघ सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई फोन गरेर दार्चुलाका बाढी पीडितका लागि त्रिपाल र खाद्यान्न पठाइ दिन अनुरोध गरेकी छु, तर कतैबाट पनि कुनै पहल भएको छैन,’ सांसद बमले भनिन्।

उनले आफ्नै परिवारका पाँच परिवार विस्थापित भएको बताइन । ‘मेरै परिवारका पाँच परिवार विस्थापित भएका छन्, बाजथलीका ५० परिवार र धलीगढाका २० परिवारको पनि विचल्ली छ, मन्त्रीहरुलाई भनेपछि हुन्छ, हुन्छ भन्छन् तर जनता भोकले मर्न लागे, कहिले खाद्यान्न जान्छ ? थाहा छैन,’ बमले दुखेसो पोखिन्।

पहिरोमा परेर घाइते भएका दुईजनालाई हेलिकोप्टरबाट सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । सांसद बमले तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने माग गरिन्। ‘बाढीपीडित भोकले मर्न लागे, सदरमुकाम जाने बाटो छैन, सरकारले खाद्यान्न दिँदैन,’ आक्रोशित हुँदै भनिन्, ’दुर्गमका जनताका पीडा सरकारले बुझोस् ।’

 

 

 

अन्नपुर्ण

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...