News Portal

रेडियो सुन्नुहोस्

‘संवैधानिक इजलास सम्बन्धी विवादमा छलफलबाट निकासमा पुग्न सकिएला’

पूर्णमान शाक्य२०७८ भदौ १८, काठमाडौं
१०४० पटक
२०७८ भदौ १८, काठमाडौं

इजलासले निवेदकहरुको मात्रै कुरा सुनेको र आदेश गरेको देखिन्छ । विपक्षीहरुको कुरा सुनेको होइन । तर यसो सरसर्ती हेर्दा यो विषय निकै गम्भिर नै हो ।

मेरो विचारमा यहाँ दुईवटा विषय छन् । कि त प्रधानन्यायाधीशलाई नियुक्ती लगायतका कार्यकारी अधिकारको प्रयोगबाट अलग गर्नुपर्छ । सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने कामबाट पनि प्रधानन्यायाधीशलाई अलग गर्नुपर्छ । त्यसो हुन सक्यो भने उहाँलाई विपक्षी बनाएर मुद्दा पर्ने सम्भावना अति नै कम हुन्छ । नत्र भने प्रधानन्यायाधीशलाई विपक्षी बनाएर मुद्दा त परिरहन्छ ।

मुद्दाको एउटा पक्ष भएर आफ्नो निर्णयको बारेमा लिखित जवाफ पनि दिइरहनुपर्ने हुन्छ । आफ्नो काम औचित्ययुक्त हो भनेर पनि जवाफ लेखिरहनुपर्छ । प्रधानन्यायाधीशले आफ्नो मुद्दामा आफैं बसेर निर्णय गर्ने भन्ने विषय न्यायिक जगतमा कल्पनै गर्न सकिदैन । अरु होइन, प्रधानन्यायाधीशले त्यसो गर्नुहुन्छ भनेर हामीले कल्पनै गर्दैनौं ।

अर्कोतर्फ न्यायपालिकाले आफ्नो काम गर्दा न्यायको मान्य सिद्धान्तलाई पालना गर्नुपर्छ भनेको छ । न्यायका मान्य सिद्धान्तमध्ये पनि प्राकृतिक न्यायको सिद्धान्त सबैभन्दा अग्रपंतिमा आउँछ । प्राकृतिको न्यायको सिद्धान्तमध्ये सुनुवाइको मौका नदिई कसैलाई सजाय गर्न हुँदैन । अर्को चाहिं आफ्नो मुद्दामा आफैंले निर्णय गर्न हुँदैन भन्ने छ ।

आफ्नो मुद्दामा आफैं न्यायाधीश भएर फैसला गरेमा न्यायिक इतिहासमा कालो धब्बा लाग्छ । हुँदै नहुने कुरा भएको अर्थमा लिइन्छ । संसारमा कुनैपनि प्रधानन्यायाधीशले आफ्नो मुद्दा आफैं निर्णय गरेको इतिहासमा नै छैन । त्यसैले यो विषय झनै गम्भिर बन्दै गएको छ ।

संविधानको धारा १३७ ले प्रधानन्यायाधीशको संलग्नतामा संवैधानिक इजलास बस्नुपर्छ भन्छ । यस्तो अवस्थामा न्यायिक मूल्य मान्यता पनि उल्लंघन नगरिकनै संविधानको मूल्य र मर्म पालना हुने गरी एउटा निकास दिनुपर्छ । कि त संविधान संशोधन गरेर प्रधानन्यायाधीशलाई न्यायपरिषददेखि संवैधानिक परिषदसम्मको जिम्मेवारीबाट अलग गर्नुपर्यो । नत्र भने प्रधानन्यायाधीशले गर्ने निर्णयविरुद्ध भोलिपनि उहाँका विरुद्धको मुद्दा त आउँछ ।

अघिल्लो हप्ता एउटा निकास दिने हिसावले प्रधानन्यायाधीशले इजलासमा नबस्ने भनेर घोषणा गरेको हुनुपर्छ । तर नबस्दा पनि संविधानमा भएको व्यवस्था अनुसार प्रधानन्यायाधीश किन नबसेको भन्ने प्रश्न त आयो । बस्दा एउटा समस्या आउने, नबस्दा अर्को समस्या देखिने भएको छ ।

संवैधानिक परिषदसम्बन्धी नियमावलीमा विभिन्न शब्दावलीको व्याख्या छ । त्यो परिभाषाभित्र कामुप्रधानन्यायाधीश पनि प्रधानन्यायाधीश सरहको हुने भन्ने परिभाषित गरिएको छ । प्रधानन्यायाधीश विरामी भएमा, विदेश जानु परेमा वा अन्य कुनै कारणबाट विदामा बस्नु परेमा उहाँले वरिष्ठतम न्यायाधीशलाई कामुप्रधानन्यायाधीश तोक्नुपर्छ ।

प्रधानन्यायाधीश विदामा बसेको बेलामा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले गर्ने कामहरु ठप्प राखेर बस्ने कुरा हुँदैन । त्यो काम कामुप्रधानन्यायाधीशले गर्छ र गरिआएको पनि छ । पहिले पनि कामुप्रधानन्यायाधीशले प्रधानन्यायाधीश सरह काम गरिरहेको इतिहास छ । संवैधानिक इजलासमा कामुप्रधानन्यायाधीशले नेतृत्व गर्न पाउने कि नपाउने भन्ने विषयमा संविधानको धारा १३७ को उपधारा १ हेर्नुपर्छ । त्यसले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन हुन्छ भन्छ ।

संवैधानिक इजलास सम्बन्धी नियमावलीको परिभाषा खण्डमा प्रधानन्यायाधीशको परिभाषाभित्र कामुप्रधानन्यायाधीश पनि राखेको छ । त्यसरी हेर्दा यसलाई यति जटिल रुपमा हेनुपर्ने थिएन कि भन्ने लाग्छ । तैपनि यो गम्भिर विषय भएकाले दोहोरो छलफल गराएर उचित निर्णयमा जानु त राम्रै हुन्छ । त्यसो गर्दा खासै असर पनि पर्दैन । दुवैपक्षको छलफलबाट यसले एउटा निकास दिन्छ जस्तो लाग्छ । यो आदेशले संवैधानिक इजलास सञ्चालन गर्न अवरोधै सिर्जना गरेको अर्थमा लिनु हुँदैन ।

एउटा इजलासले अर्को इजलासको क्षेत्राधिकारको बारेमा बोलेको, एउटा इजलासले अर्कोमा हस्तक्षेप गरेको भन्ने जुन जिज्ञासा आयो, त्यसमा म कुनै प्रतिक्रिया दिन असमर्थ छु । मैले सर्वोच्च अदालत बार एसोसिएसनको हैसियतले दुईजना एमिकस क्यूरी पठाउनुपर्ने हुन्छ । सरसल्लाहमा मै पनि त्यो जिम्मेवारीमा पर्न सक्छु । अहिले नै यो विषयमा बोल्नु उचित ठान्दिनँ । मलाई लाग्छ, दोहोरो छलफलले एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्नेमा म आशावादी छु ।

(सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता एवं संवैधानिक कानूनका ज्ञाता शाक्यसँगको कुराकानीमा आधारित ।)

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...