News Portal

रेडियो सुन्नुहोस्

वर्थ डे मनाउने केक खाँदा १३ जना बिरामी

सुजाता थापा क्षेत्री२०७८ भाद्र २० प्यूठान
१७९४ पटक
२०७८ भाद्र २० प्यूठान

जन्मदिनको केक खाँदा १३ जना बिरामी परेका छन् । सरुमारानी गाउँपालिका-२ दर्भान प्यूठानका एक बहादुर गुरुङको जन्मदिन मनाउँदा बिरामी परेका हुन् । जन्मदिन मनाउन आएका गुरुङका आफन्ती र उनको परिवार बिरामी परेको प्रेम गुरुङले बताए ।
बिरामी पर्नेमा एक बहादुर गुरुङ, कुमारी गुरूङ, गमान सिंह गुरूङ, बिष्णु गुरूङ, राजकुमार बिष्ट, शर्मिला गुरूङ, ठग बहादुर गुरूङ, बिजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेका छन् ।

गुरुङको ६८ औं जन्मदिन भाद्र १५ गते मनाउने क्रममा यिनीहरु बिरामी परेका हुन् । केक खाएको अर्को दिनदेखि उनीहरुलाई टाउको दुख्ने, बान्ता आउने, ज्वोरो आउने लगायतको समस्या छ । बिरामी परेका मध्ये कुमारी अँझै अस्पतालमा उपचारत छिन् ।
अस्तालमा उपचार गराउँदा चिकित्सकले विशाक्त खानाका कारण बिरामी परेको बताएको छोरा प्रेम गुरुङले झुलेनी नेटवर्कलाइ बताए । वर्थ डे केक बिक्रि गर्ने ब्यापारीलाई कानुनी कारवाहीका लागि प्रहरीमा उजुरी गर्ने तयारी गुरुङ परिवारले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...