News Portal

रेडियो सुन्नुहोस्

वर्थ डे मनाउने केक खाँदा १३ जना बिरामी

सुजाता थापा क्षेत्री२०७८ भाद्र २० प्यूठान
१५४९ पटक
२०७८ भाद्र २० प्यूठान

जन्मदिनको केक खाँदा १३ जना बिरामी परेका छन् । सरुमारानी गाउँपालिका-२ दर्भान प्यूठानका एक बहादुर गुरुङको जन्मदिन मनाउँदा बिरामी परेका हुन् । जन्मदिन मनाउन आएका गुरुङका आफन्ती र उनको परिवार बिरामी परेको प्रेम गुरुङले बताए ।
बिरामी पर्नेमा एक बहादुर गुरुङ, कुमारी गुरूङ, गमान सिंह गुरूङ, बिष्णु गुरूङ, राजकुमार बिष्ट, शर्मिला गुरूङ, ठग बहादुर गुरूङ, बिजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेका छन् ।

गुरुङको ६८ औं जन्मदिन भाद्र १५ गते मनाउने क्रममा यिनीहरु बिरामी परेका हुन् । केक खाएको अर्को दिनदेखि उनीहरुलाई टाउको दुख्ने, बान्ता आउने, ज्वोरो आउने लगायतको समस्या छ । बिरामी परेका मध्ये कुमारी अँझै अस्पतालमा उपचारत छिन् ।
अस्तालमा उपचार गराउँदा चिकित्सकले विशाक्त खानाका कारण बिरामी परेको बताएको छोरा प्रेम गुरुङले झुलेनी नेटवर्कलाइ बताए । वर्थ डे केक बिक्रि गर्ने ब्यापारीलाई कानुनी कारवाहीका लागि प्रहरीमा उजुरी गर्ने तयारी गुरुङ परिवारले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...