News Portal

रेडियो सुन्नुहोस्

छिमेकी राष्ट्रका प्रधानमन्त्रीविरुद्ध नाराबाजी नगर्न गृह मन्त्रालयको आग्रह

कुटनीतिक माध्यमबाट समस्या समाधान गरिने

झुलेनी नेटवर्क २०७८ भदौ २०, काठमाडौं
८५० पटक
२०७८ भदौ २०, काठमाडौं

गृह मन्त्रालयले छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी नगर्न अनुरोध गरेको छ। गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति भएको जनाएको छ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

 

नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। मित्र राष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न मन्त्रालयले आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ।’

 

शनिबार दार्चुला तुइन प्रकरण र अनधिकृत रुपमा नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडान गरेको विषयलाई लिएर युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए। सोहि घटनापछि मन्त्रालयले मोदीको नाम नलिई नाराबाजी, जुलुस प्रदर्शन र पुत्ला दहन गरेकोप्रति आपत्ति प्रकट गरेको हो।

पोखरेलले मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिने जनाएका छन्। मित्रराष्ट्रविरुद्ध लक्षित हुने गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने गृह मन्त्रालयले जनाएको छ। ‘मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको विदितै छ। भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिनेछ।’ विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ।’

 

शुक्रबार मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चार–माध्याम/सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता गतिविधि रोक्न आग्रह गरेको थियो। शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको छ।

केहि दिनदेखि एमसीसी, दार्चुला तुइन प्रकरण र सरकारले नेपाल–चीन सीमा अध्ययन समिति बनाएपछि सडकमा प्रदर्शन, सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुन थालेको छ। दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता प्रकरणबारे छानविन गर्न बनेको समितिले गोलमटोल प्रकृतिको प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनमा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षाबल (एसएसबी)का अधिकारीले धामी चढेको तुइन काटे नकाटेको बारे केही उल्लेख गरेको छैन। यद्यपि, छानविन समितिले तुइन सहित धामी महाकाली नदीमा बग्दा एसएसबीका अधिकारीहरु घटनास्थलमै रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा धामी सवार तुइन चुँडिएकाले नीजहरुको संलग्नताको सम्बन्धमा अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरिएको छ।’

 

 

अन्नपुर्ण

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...