News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एमालेका ७ जनाले रोजे नेकपा (एकिकृत समाजवादी)

सुजाता थापा क्षेत्री२०७८ भदौ २२
१५७४ पटक
२०७८ भदौ २२

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ४ वडाअध्यक्ष सहित एमालेका २७ जना जनप्रतिनिधी रहेको सरुमारानी गाउँपालिकामा कार्यपालिकाद्वारा मनोनित २ जना जनप्रतिनिधीले नेकपा(एस) रोजेका छन् । प्यूठान नगरपालिकामा निर्वाचित एमालेका उपमेयर सहित ३२ जनप्रतिनिधी मध्ये उपमेयर सहित ३ जना जनप्रतिनिधीले नेकपा एस रोजेका छन्। भने, नौवहिनी गाउँपालिकामा ३ वडा अध्यक्ष सहित एमालेबाट १४ निर्वाचित जनप्रतिनिधिमध्ये २ जना वडा सदस्यले नेकपा एस रोजेका छन् ।

नेकपा (एमाले) का ७ जना जनप्रतिनिधिले नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यसहित प्यूठान नगरपालिका, सरुमारानी गाउँपालिका र नौवहिनी गाउँपालिकाका कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७ जनाले नेकपा(एस) रोजेका हुन् ।
सरुमारानी गाउँपालिकाका २ जना, प्यूठान नगरपालिकाका ३ जना र नौवहिनी गाउँपालिकाका २ जना जनप्रतिनिधिले नेकपा(एस) रोजेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । ८ जनाले नेकपा(एस) रोज्न निवेदन दिएको भएपनि प्यूठान नगरपालिका वर्डा नं ९ का १ जना जनप्रतिनिधिले निवेदन फिर्ता लिएका छन् ।
अहिलेसम्म निर्वाचन कार्यालयले नेकपा(एस) रोज्ने जनप्रतिनिधीको नाम सार्वजनिक गरेको छैन् । नेकपा एस निकट श्रोतका अनुसार सरुमारानी गाउँपालिकामा मनोनित सदस्यहरु हलिम मियाँ र टंक सुनार, प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्य, कार्यापालिका सदस्य चित्रकली नगरकोटी र वर्डा नं ९ का सदस्य निम वहादुर घर्ती, नौवहिनी गाउँपालिका वर्डा नं १ का सदस्य पुर्ण वुढा र दलसरा विक ले नेकपा एस रोजेका हुन ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ४ वडाअध्यक्ष सहित एमालेका २७ जना जनप्रतिनिधी रहेको सरुमारानी गाउँपालिकामा कार्यपालिकाद्वारा मनोनित २ जनप्रतिनिधीले नेकपा(एस) रोजेका छन् । यस्तै प्यूठान नगरपालिकामा निर्वाचित एमालेका उपमेयर सहित ३२ जनप्रतिनिधी मध्ये उपमेयर सहित ३ जना जनप्रतिनिधीले नेकपा एस रोजेका छन्। नौवहिनी गाउँपालिकामा ३ वडाअध्यक्षसहित १४ निर्वाचित एमालेका जनप्रतिनिधिमध्ये २ जना वडा सदस्यले नेकपा एस रोजेका छन् ।

नेकपा एमालेले स्थानिय तहको नेतृत्व जितेका स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिकाका कुनैपनी एमालेका जनप्रतिनिधीले नेकपा एस रोजेनन् । यस्तै मल्लरानी, झिमरुक, गौमुखी र ऐरावती गाउँपालिकाका एमालेका कुनैपनी जनप्रतिनिधीले नेकपा एस रोजेका छैनन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...