News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एमालेका ७ जनाले रोजे नेकपा (एकिकृत समाजवादी)

सुजाता थापा क्षेत्री२०७८ भदौ २२
१७६८ पटक
२०७८ भदौ २२

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ४ वडाअध्यक्ष सहित एमालेका २७ जना जनप्रतिनिधी रहेको सरुमारानी गाउँपालिकामा कार्यपालिकाद्वारा मनोनित २ जना जनप्रतिनिधीले नेकपा(एस) रोजेका छन् । प्यूठान नगरपालिकामा निर्वाचित एमालेका उपमेयर सहित ३२ जनप्रतिनिधी मध्ये उपमेयर सहित ३ जना जनप्रतिनिधीले नेकपा एस रोजेका छन्। भने, नौवहिनी गाउँपालिकामा ३ वडा अध्यक्ष सहित एमालेबाट १४ निर्वाचित जनप्रतिनिधिमध्ये २ जना वडा सदस्यले नेकपा एस रोजेका छन् ।

नेकपा (एमाले) का ७ जना जनप्रतिनिधिले नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यसहित प्यूठान नगरपालिका, सरुमारानी गाउँपालिका र नौवहिनी गाउँपालिकाका कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७ जनाले नेकपा(एस) रोजेका हुन् ।
सरुमारानी गाउँपालिकाका २ जना, प्यूठान नगरपालिकाका ३ जना र नौवहिनी गाउँपालिकाका २ जना जनप्रतिनिधिले नेकपा(एस) रोजेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । ८ जनाले नेकपा(एस) रोज्न निवेदन दिएको भएपनि प्यूठान नगरपालिका वर्डा नं ९ का १ जना जनप्रतिनिधिले निवेदन फिर्ता लिएका छन् ।
अहिलेसम्म निर्वाचन कार्यालयले नेकपा(एस) रोज्ने जनप्रतिनिधीको नाम सार्वजनिक गरेको छैन् । नेकपा एस निकट श्रोतका अनुसार सरुमारानी गाउँपालिकामा मनोनित सदस्यहरु हलिम मियाँ र टंक सुनार, प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्य, कार्यापालिका सदस्य चित्रकली नगरकोटी र वर्डा नं ९ का सदस्य निम वहादुर घर्ती, नौवहिनी गाउँपालिका वर्डा नं १ का सदस्य पुर्ण वुढा र दलसरा विक ले नेकपा एस रोजेका हुन ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ४ वडाअध्यक्ष सहित एमालेका २७ जना जनप्रतिनिधी रहेको सरुमारानी गाउँपालिकामा कार्यपालिकाद्वारा मनोनित २ जनप्रतिनिधीले नेकपा(एस) रोजेका छन् । यस्तै प्यूठान नगरपालिकामा निर्वाचित एमालेका उपमेयर सहित ३२ जनप्रतिनिधी मध्ये उपमेयर सहित ३ जना जनप्रतिनिधीले नेकपा एस रोजेका छन्। नौवहिनी गाउँपालिकामा ३ वडाअध्यक्षसहित १४ निर्वाचित एमालेका जनप्रतिनिधिमध्ये २ जना वडा सदस्यले नेकपा एस रोजेका छन् ।

नेकपा एमालेले स्थानिय तहको नेतृत्व जितेका स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिकाका कुनैपनी एमालेका जनप्रतिनिधीले नेकपा एस रोजेनन् । यस्तै मल्लरानी, झिमरुक, गौमुखी र ऐरावती गाउँपालिकाका एमालेका कुनैपनी जनप्रतिनिधीले नेकपा एस रोजेका छैनन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...