News Portal

रेडियो सुन्नुहोस्

भालुबाङ-प्यूठान सडकमा सकस : गाडि बढे, सडक बढेन, वर्षामा झन सास्ती

झुलेनी नेटवर्क२०७८ भाद्र ३०
११३६ पटक
२०७८ भाद्र ३०

भालुवाङ-प्यूठान सडकमा सुधारको काम अलपत्र परेपछि सर्वसाधारणले सास्ती सहनु परेको छ । वषांै पहिले निर्माण भएको सडक फराकिलो बनाउने काम निकै सुस्त गतीमा भइरहेको छ । यो सडकमा यात्र गर्ने पात्रुले निकै दुःख पाइरहेका छन् । सडक बिग्रनेगरि स्थानीय तहरुले सडक निर्माण गरेका छन् । स्थानीयले सडक किनारमा घडेरी निर्माण गर्ने, निर्माण सामग्री सडकमै राख्ने लगायत कारणले यो सडक दिनदिनै बिग्रदै गइरहेको छ । सरोकारवाला निकाएको ध्यान पुग्न सकेको छैन् ।

घरघडेरी निर्माण गर्दा बिग्रको सडकले गर्दा यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ  । कतिपय स्थानमा एकतर्फी मात्र सवारी चल्न पनि निकै समस्या भएको छ । बर्खाको समयमा ठाउँठाउँमा पहिरो गएको,भासीएको कारण समस्या भएको सडक डिभिजन कार्यलय प्यूठानका इन्जिनियर अरुण केसीले बताए । ‘भासीएको ठाउँमा पलास्टीक राखेर सडक बचाउन कोसीस गरेका छौ,’केसीले भने, ‘हिउद लाग्यो भने बिग्रेका मुख्य मुख्य ठाउमा निर्माण थाल्ने छौ ।’०४४ सालमा ट्रयाक खोलिएको सडक फराकीलो बनाउने ठोस योजना अहिलेसम्म कार्यन्वयन भएको छैन् ।

०६५/०६६ मा वटासिल कालोपत्रे समेत साघुरै सडकमा भएकाले जोखिम बढेको हो । सडक ऐन ०३१ ले व्यबस्था गरेको जिल्ला सडकको सेन्टर प्वइटबाट दाया“/बाया“ १५ मिटर कायम समेत अहिलेसम्म भएको छैन् । २१ मिटरको कुराले स्थानीयलाइ झस्काउने काम मात्र भएको छ । यो सडकको लगतकत्ता समेत छैन । सडकमै निर्माण समाग्री राखिएको र सडक क्षेत्रमै ढ्याप्प्री,टहरा निर्माण गरेर स्थानीय व्यापारीले व्यापार गर्दा सडक झन साघु“रो हु“दै गएको छ ।

बिजुवार मित्रमणी चोकदेखि प्रहरी चौकीसम्म दिनहुँ सवारी चाँप हुने गर्छ । नौबहिनी गाउ“पालिका स्थित फोप्ली लुप्लुङबाट चुनढुंगा निकासी हुन थालेपछि धेरै टिप्परहरु चल्दा झन समस्या हुने गरेको सवारी चालकहरु बताउॅछन् । यो सडकमा विहान ९ देखि ११ र बेलुका ५ देखि ७ बजेसम्म सडकमा धेरै गाडिहरु ओहोर/दोहोर गर्ने ट्राफिक प्रहरी कार्यालय देविस्थानले जनाएको छ । नदिको किनार, घुम्ती धेरै,साघ“ुरो सडकमा स्पिड धेरै लगायत कारणले सडकमा जोखिम धेरै रहेको प्रहरीको भनाइ छ ।

सडक क्षेत्रमा भौतीक पूर्वाधार निर्माण गर्दा सडक बिग्रेका कारण जोखिम बढेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । विभिन्न कारणले सडक जीणर् बन्दै गएको भुसालले बताए । गत आर्थिक वर्षमा सडक सुधार गर्न भनेर आएको १० करोड रुपैयाँ काम पूरा हुन सकेन । ढिलोगरि बजेट आएकाले बर्खा लागेका कारण बिनियोजन भएको रकम बराबरको काम गर्न नसकिएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

ठेक्काबाट काम भएकाले बाँकी काम यो आर्थिक वर्षमा हुने कार्यालयका भनाइ छ । १० करोड मध्य ३ करोड बराबरको काम सम्पन्न भएको छ । सडकमा यो बाहेक यस आर्थिक वर्षका लागि भालुबाङ-चकचकेसम्मको लागि १० करोड रचकचके रोल्पा लिबाङसम्मको लागि ५ करोड रुपैया बजेट आएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...