News Portal

रेडियो सुन्नुहोस्

शिक्षकहरुको तलबले विद्यार्थीहरुलाई जुट कार्पेट

कार्पेटमा बसालेर भुइमै पढाइ

मित्र बहादुर थापा२०७८ भाद्र ३०
२३१९ पटक
२०७८ भाद्र ३०

गौमुखी गाउँपालिका प्यूठानको अर्खा माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थीहरुलाई जुट कार्पेट किनेर पढाउन थालेका छन् । कोरोना संक्रमणको दर घटेसँगै विद्यालयमा पढाई सुचारु हुँदा विद्यार्थीहरुको चाँप बढेपछि शिक्षकहरुले २ दिनको तलव भत्ता खर्च गरी कार्पेट र पिम्याट किनिदिएका हुन् । कक्षा ९ मा विद्यार्थी संख्या बढेपछि सेक्सन खोल्नुपर्दा बेन्च डेस्क नहुँदा कार्पेटमा बसालेर पढाउन थालिएको प्रधानाध्यापक लिलु प्रसाद पौडेलले बताए ।

विद्यालयमा ९ सय ६ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा ९ मा १ सय जना पुगेका छन् । यहाँ कक्षा ६, ७ र ८ मा पनि सेक्सन खोलिएको छ । शिक्षक र कर्मचारी बाहेक स्थानीय ब्यापारी र जनप्रनिधिहरुबाट समेत सहयोग मागेको प्रधानाध्यापक पौडेलको भनाई छ ।

राज्यको शैक्षिक नीति अनुसार विद्यार्थी भर्ना संख्याको चापको आधारमा शिक्षक दर्वन्दि मिलान र भौतिक पुर्वाधारको प्रयाप्त व्यवस्था नहुँदा यहाँ नियमित पठनपाठनमा समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाले बताए । गौमुखी गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय मध्ये विद्यार्थी संख्या बढि चाँप हुने विद्यालय यही हो । विद्यार्थीको चाँपले शिक्षक दरवन्दि, भवन संख्या र डेस्क बेन्चको अभाव रहेको समितिको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...