News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसको अवसरमा विजुवारमा सरसफाई कार्यक्रम

तेजेन्द्र बि.एम.२०७८ असौज २
१०२९ पटक
२०७८ असौज २

प्यूठान नगरपालिका प्यूठानले संविधान दिवसको अवसर पारेर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघीय गणतान्त्रिक नेपालको छैठौ संविधान दिवसको अवसरमा शनिवार बिहान नगरपालिकाको आयोजनामा कार्यालय परिसर, विजुवारको कालिका मन्दिर, गाँजुरी स्थित शहिद पार्क र बौद्धको मुर्ति राखिएको स्थानमा सरसफाई गरीएको छ ।

कार्यक्रममा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो । घरायसी सरसफाई सँग सँगै वातावरणीय सरसफाईमा सबैको ध्यान पुगोस भन्नका लागि र नगरपालिकाको संभावित पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्न सरसफाई कार्यक्रम गरीएको हो । नेपाल सरकारले असौज २-४ गते सम्म विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने निणर्य गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...