News Portal

रेडियो सुन्नुहोस्

एमालेद्वारा राष्ट्रिय सभामा सभामुख सापकोटाको राजीनामा माग

झुलेनी नेटवर्क २०७८ आश्विन ५, काठमाडौँ
८६२ पटक
२०७८ आश्विन ५, काठमाडौँ

प्रमुख प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ’कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’

गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ । ’सडकदेखि सदनसम्म कुरा उठिरहेको छ, गैरसांसदहरूलाई सदनमा राखिएको छ । त्यो गर्दा सदनको संविधानको रक्षा भयो कि भएन ? संविधानले व्यवस्था गरेअनुरुप भयो कि भएन ?’

सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाएलगत्तै कारबाही गर्ने तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको श्रेष्ठको भनाइ थियो ।

सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उनले जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बस्न आग्रह गरेका थिए । उनले भने, ’आफ्नो कुरा पर्याप्त समय लिएर राख्नुभएको छ । बसेर सदनलाई अगाठडि बढाउँ त्यो सबैभन्दा सुन्दर हुन्छ ।’

एमालेले विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक बिहिबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

 

 

 

कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...