News Portal

रेडियो सुन्नुहोस्

वास पत्रकार मञ्च प्यूठानको संयोजकमा पुनः पौडेल निर्वाचित

सिखबर संवाददाता१५ असार प्यूठान
१२५३ पटक
१५ असार प्यूठान

सरसफाई र स्वास्थ्य क्षेत्रमा बिशेष कलम चलाउनेहरुको संगठन वास पत्रकार मञ्च प्यूठानको संयोजकमा पत्रकार नोमराज पौडेल पुनः निर्वाचित भएका छन्। पत्रकार महासंघको सभाहलमा शुक्रबार भएको कार्यक्रममा पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।

सिखबर डट कम अनलाईनका सम्पादक, नेपाल टेलिभिजनका समाचारदाता र लिस्ने जनसञ्चार साप्ताहिकका कार्यकारी सम्पादक समेत रहेका पौडेल दोश्रोपटक सर्वसम्मत चयन भएका हुन्। समितिको सह संयोजकमा मधुसुदन भण्डारी त्यस्तै सदस्यहरुमा लोकेन्द्र सुनार, बोम बहादुर परियार,मधुसुदन पोख्रेल ,बिमल पोख्रेल , सिता मगर ,सिता वि.क र सिर्जना सेन निर्वाचित भएका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश उपाध्यक्ष दिपा घर्ती, पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानामगर, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानको फोकल पर्सन भगवति शर्मा , नेपाल पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु भण्डारी , पुर्व अध्यक्ष शुसिल पोख्रेल लगाएतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...