News Portal

रेडियो सुन्नुहोस्

वास पत्रकार मञ्च प्यूठानको संयोजकमा पुनः पौडेल निर्वाचित

सिखबर संवाददाता१५ असार प्यूठान
१४६५ पटक
१५ असार प्यूठान

सरसफाई र स्वास्थ्य क्षेत्रमा बिशेष कलम चलाउनेहरुको संगठन वास पत्रकार मञ्च प्यूठानको संयोजकमा पत्रकार नोमराज पौडेल पुनः निर्वाचित भएका छन्। पत्रकार महासंघको सभाहलमा शुक्रबार भएको कार्यक्रममा पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।

सिखबर डट कम अनलाईनका सम्पादक, नेपाल टेलिभिजनका समाचारदाता र लिस्ने जनसञ्चार साप्ताहिकका कार्यकारी सम्पादक समेत रहेका पौडेल दोश्रोपटक सर्वसम्मत चयन भएका हुन्। समितिको सह संयोजकमा मधुसुदन भण्डारी त्यस्तै सदस्यहरुमा लोकेन्द्र सुनार, बोम बहादुर परियार,मधुसुदन पोख्रेल ,बिमल पोख्रेल , सिता मगर ,सिता वि.क र सिर्जना सेन निर्वाचित भएका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश उपाध्यक्ष दिपा घर्ती, पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानामगर, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानको फोकल पर्सन भगवति शर्मा , नेपाल पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु भण्डारी , पुर्व अध्यक्ष शुसिल पोख्रेल लगाएतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...