प्यूठानमा कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भिटामिन ‘ए’ करिव २५ हजार बालबालिका र जुकाको औषधी २४ हजार बालबालिकालाई खुवाइने छ ।
भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्ष मुनी र जुकाको औषधी १ वर्ष देखि ५ वर्ष मुनीका बालबालिकालाई खुवाइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाभर ४ सय ४३ स्थानमा स्वयंसेविकाद्वारा औषधी खुवाइने छ ।
नेपाल भर नै कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने कार्यक्रमअनुसार प्यूठानमा पनि खुवाउन लागिएको हो ।