News Portal

रेडियो सुन्नुहोस्

समाज परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्णः मन्त्री खड्का

सुजाता थापा क्षेत्री२०७८ कार्तिक ०७, प्यूठान
८१२ पटक
२०७८ कार्तिक ०७, प्यूठान

समाज परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताएका छन् । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौँ जिल्ला परिषद कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन् । समाजवादी शिक्षा प्रदान गरि समाज परिवर्तनको संवाहक शिक्षकहरु बन्नुपर्ने खड्काको भनाइ थियो ।

शिक्षकले आफू जलेर उज्यालो दिने मैनबत्ति भएको उनले बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि तथा जिल्ला इन्चार्ज नारायण अधिकारी,माओवादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण अधिकारी, नगरकमिटिका इन्चार्ज कृष्ण घिमिरे,नगरप्रमुख अर्जुनकुमार कक्षपती, लगायतले परिषदको सफलताको शुभकामना दिएका थिए ।

जिल्ला परिषद्मा प्यूठान जिल्लाका सबै पालिकाका शिक्षकहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...