News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाटोमा भेटिदैनन् प्रहरी

झुलेनी नेटवर्क२०७८ कार्तिक ०९, प्यूठान
१४०७ पटक
२०७८ कार्तिक ०९, प्यूठान

प्रहरीलाई देख्ने बित्तिकै अपराधिक मानसिकता भएकाहरु तर्सिन्छन् र हच्किन्छन् । प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो । राज्यले पनि त्यसै अनुसार मुख्य सडक आपसपासमा प्रहरी चौकी स्थाना गर्ने गरेको छ । चौकी नभएको स्थानमा प्रहरी बिट स्थापना गरेर शान्ति सुरक्षार्थ गर्न खटाइरहेको हुन्छ सरकारले । जिल्लाको मुख्य ब्यापारिक केन्द्र बाग्दुलादेखि पुर्वि क्षेत्रमा प्रवेश गर्दा कुनै पनि ठाउँमा प्रहरी भेटिदैनन् । प्यूठान नगरपालिकाको मरन्ठनामा प्रहरी चौकी छ ।

बजार तथा सडक एकातिर र चौकी भित्रि सडक छेउँमा हुँदा मुख्य सडक मरन्ठाना बजारमा प्रहरीको डिउटी छैन । यहाँ प्रहरी भेटिदैनन् । मरन्ठानाबाट झिमरुक गाउँपालिका प्रवेश गरीन्छ । ओखरकोट मच्छीमा पनि चौकी छ । यहाँ बजार नजिकै भाडामा रहँदै आएको प्रहरी चौकी आफ्नै भवनमा सरेपछि मच्छी क्षेत्रमा बाटोमा प्रहरी भेटिदैनन् । यहाँका प्रहरीहरु चौकीमै डिउटी गरीरहेका देखिन्छन् । यो गौमुखी गाउँपालिका, गुल्मि र अर्घाखाँची आउ जाउ गर्ने मुख्य नाका हो ।

यहाँबाट धेरै सवारी साधनहरु पनि आउजाउ गर्छन् । चौकी आफ्नै भवनमा सरेपछि सवारी साधन इन्ट्रि समेत हुन छोडेको छ । झिमरुक गाउँपालिकाको चहलपहल हुने क्षेत्रमै प्रहरी नदेखिदा शान्ति सुरक्षा प्रहरी कमजोर बनेको छ । त्यस्तै गौमुखी गाउँपालिकाको लिवासेमा चौकी छ । यहाँ पनि मुख्य बजार क्षेत्र भन्दा टाढा प्रहरी बस्नाले बजार क्षेत्रमा डिउटीवाला प्रहरी भेटिदैनन् । केहिँ वर्ष पहिले प्रहरी विट स्थापना गरीएपनि हाल सञ्चालनमा छैन । जिल्ला भित्रिने र बाहिरीने नाका क्षेत्रमै प्रहरी नहुँदा आपराधिक मानसिकता भएकाहरु मौलाउन सक्ने भएकाले प्रहरी प्रशासनले यी क्षेत्रमा विट स्थापना गरी शान्ति सुरक्षा प्रदान गर्नुपर्ने देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...