News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाटोमा भेटिदैनन् प्रहरी

झुलेनी नेटवर्क२०७८ कार्तिक ०९, प्यूठान
१२२३ पटक
२०७८ कार्तिक ०९, प्यूठान

प्रहरीलाई देख्ने बित्तिकै अपराधिक मानसिकता भएकाहरु तर्सिन्छन् र हच्किन्छन् । प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो । राज्यले पनि त्यसै अनुसार मुख्य सडक आपसपासमा प्रहरी चौकी स्थाना गर्ने गरेको छ । चौकी नभएको स्थानमा प्रहरी बिट स्थापना गरेर शान्ति सुरक्षार्थ गर्न खटाइरहेको हुन्छ सरकारले । जिल्लाको मुख्य ब्यापारिक केन्द्र बाग्दुलादेखि पुर्वि क्षेत्रमा प्रवेश गर्दा कुनै पनि ठाउँमा प्रहरी भेटिदैनन् । प्यूठान नगरपालिकाको मरन्ठनामा प्रहरी चौकी छ ।

बजार तथा सडक एकातिर र चौकी भित्रि सडक छेउँमा हुँदा मुख्य सडक मरन्ठाना बजारमा प्रहरीको डिउटी छैन । यहाँ प्रहरी भेटिदैनन् । मरन्ठानाबाट झिमरुक गाउँपालिका प्रवेश गरीन्छ । ओखरकोट मच्छीमा पनि चौकी छ । यहाँ बजार नजिकै भाडामा रहँदै आएको प्रहरी चौकी आफ्नै भवनमा सरेपछि मच्छी क्षेत्रमा बाटोमा प्रहरी भेटिदैनन् । यहाँका प्रहरीहरु चौकीमै डिउटी गरीरहेका देखिन्छन् । यो गौमुखी गाउँपालिका, गुल्मि र अर्घाखाँची आउ जाउ गर्ने मुख्य नाका हो ।

यहाँबाट धेरै सवारी साधनहरु पनि आउजाउ गर्छन् । चौकी आफ्नै भवनमा सरेपछि सवारी साधन इन्ट्रि समेत हुन छोडेको छ । झिमरुक गाउँपालिकाको चहलपहल हुने क्षेत्रमै प्रहरी नदेखिदा शान्ति सुरक्षा प्रहरी कमजोर बनेको छ । त्यस्तै गौमुखी गाउँपालिकाको लिवासेमा चौकी छ । यहाँ पनि मुख्य बजार क्षेत्र भन्दा टाढा प्रहरी बस्नाले बजार क्षेत्रमा डिउटीवाला प्रहरी भेटिदैनन् । केहिँ वर्ष पहिले प्रहरी विट स्थापना गरीएपनि हाल सञ्चालनमा छैन । जिल्ला भित्रिने र बाहिरीने नाका क्षेत्रमै प्रहरी नहुँदा आपराधिक मानसिकता भएकाहरु मौलाउन सक्ने भएकाले प्रहरी प्रशासनले यी क्षेत्रमा विट स्थापना गरी शान्ति सुरक्षा प्रदान गर्नुपर्ने देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...