News Portal

रेडियो सुन्नुहोस्

बालविवाहबाट समाजमा पर्ने असर र यसको न्यूनीकरण

देवा भण्डारी२०७८ कार्तिक १०, प्यूठान
३५६८ पटक
२०७८ कार्तिक १०, प्यूठान

कुनैपनि स्त्री र पुरुस बीच नयाँ सम्बन्ध कायम गरि पति पत्नीको सम्बन्ध स्थापित गराउने एक सामाजिक, धार्मिक वा कानुनी कार्य लाई नेपाली समाजमा  विवाह भन्ने गरिन्छ । विवाहले मानिसको सामाजिक, मानसिक, सारिरिक, आर्थिक एवं सम्वेगात्मक पक्षमा प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने हुदा, नेपाल सरकारले विवाहको लागि उपयुक्त उमेर २० वर्ष तोकिदियको छ । अतः नेपालको सन्दर्भमा २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह लाई बालविवाहभनिन्छ ।
नेपालको कानुनले जनताको हकहितका लागि भनेर बाल बिबाहको बिरुद्धमा धेरै कानुन बनाएता पनि देशको अवस्थाले कोल्टे फेरिसकेको अबस्था भने पक्कै छैन, येसो त नेपाल, बिश्वमा बाल बिबाह बढी हुने देस हरु मध्य १० आँै स्थान मा पर्छ भने दक्षिण यसियामा बालविवाह, मातृशिशु मृत्युदर बढी हुने देस मध्य पनि एक हो । सानो उमेरमा विवाह गर्दा केटाकेटी दुबै शारिरीक र मानसिक तबरले परिपक्क नहुने हुँदा प्रजनन सम्बन्धि समस्या, मातृशिशु मृत्युदर बढ्ने, साथसाथै सानो उमेरमै गरिएको अपरिपक्व निर्णयको कारणले गर्दा पछि गएर पतिपत्निको सम्बन्धमा दरार बढ्नुका साथै सम्बन्ध विच्छेद समेत हुने गर्दछ ।

बालबिबाह हुनुका कारण

१. नेपालमा धेरैजसो मानिसले हिन्दु धर्म मान्ने हुँदा धर्म अनुसार स्त्री को रजस्वला सुरु हुनुभन्दा पहिले कन्यादान गरिदियो भने पुण्य मिल्छ भन्ने गलत धरणाका कारण पनि सानै उमेरमा विवाह गरिदिएको पाइन्छ ।
२. गरिबीका कारण पालन पोसण गर्ने अबस्थामा नहँुदा कतिपय परिबारले सानै उमेरमा विवाह गरिदिने ।
३. तराइ क्षेत्रमा दाइजो प्रथाको समस्या हुने हँुदा हरेक वर्ष उमेरसँगै दाइजोको रकम पनि बढ्ने डरले सानै उमेरमा छोरीको बिबाह गरिदिने ।
४. नेपालको ग्रामीण भेगतिर बुहारी आएपछी घरको सम्पुर्ण कामकाज गर्छिन भन्ने गलत बिचारका कारण जति छिटो छोराको विवाह गरिदिए आफुले सुख पाइन्छ भन्ने सोचेर कतिपय परिवारले बालविवाह गराइएको पनि पाइन्छ ।
५. चेतनाको कमि, बालविवाहका असरको बारेमा जानकारी नहुदा पनि बालविवाह भैरहेको हुन्छ ।
६. उमेर नपुगेका किसोर/किशोरी बिच सानो उमेरमा हुने प्रेम सम्बन्धका कारण पनि बालविवाह हुने गरेको पाइन्छ ।

बालबिबाहले निम्त्याउन सक्ने समस्या

नेपालमा धेरै नागरिक शिक्षाको परिधी भन्दा बाहिर रहेकाले उनिहरुलाइ बालबिबाह के हो, यसले के समस्या निम्त्याउँछ भन्ने जानकारी नै नभएको कारण उल्लेखित समस्या हुने गर्दछ ।
१. सानै उमेरमा विवाह हुँदा, केटाकेटीले आफ्नो पढाई पूरा गर्न पाउँदैनन जसको कारण उनिहरुको जीवनमा असर पर्छ नै, देशको पनि असिक्षित र बेरोजोगारी जनसंख्यामा वृद्धि भएर आउँछ
२. शारिरिक तथा मानसिक तवरले अपरिपक्वता हुने हुँदा शारिरिक र मानसिक समस्या बढ्न समेत जान्छ ।
३. सानै उमेरमा बच्चा जन्माउदा मातृशिशु असर पर्ने तथा सारिरिक रुपमा अपाङ्ग भएका बच्चा जन्मिने सम्भावना उच्च हुनेहुन्छ ।

अतः बालविवाह समाजका लागि त्यो रोग हो, जसको निराकरणको लागि हामी सबै मिली अत्यावश्यक कदम चाल्न जरुरी छ । नेपाल सरकार द्वारा विभिन्न नीति, कार्यक्रम र प्रतिबद्धता जायर गर्दै आइरहेको छ । नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा बालविवाह विरुद्ध लगाएत गैरकानुनी ओसारपसार गर्न नपाइने भन्दै बालबालिकाको हकहित उल्लेख गरियको छ । साथै सन् २०२२ सम्ममा सबै प्रकारका हिंसा दुव्र्यवहार र शोषणबाट बालबालिका तथा किशोर किशोरीको संरक्षणमा सुधार ल्याउने प्राबधान राखेको छ । तर नेपाल को सन्दर्भमा कुनैपनी योजना शतप्रतिशत लागू भएको पाइदैन । यसको पछाडी अशिक्षा, धर्म संस्कृति, समाज र सामाजिक मुल्यमान्यताले अहम भुमिका खेलेको छ ।
जसको अन्त्यको लागि बालविवाह र येसका बेफाइदाको बारेमा शिक्षा, चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबिबाह गर्ने र गराउने लाई कडा दण्ड सजायको ब्याबस्था मात्र नभई कडाइका लागू पनि गर्ने र साथसाथै समाजमा रहेका नकारात्मक सोच र बिचार लाई हटाउने, हरेक धर्मले शतप्रतिशत ठिक कुरा सिकाउछ भन्ने हुँदैन तसर्थ हरेक धर्म, जातजाती र समुदायमा चलिआएका विवाह सम्बन्धी गलत विचार र मान्यता को अन्त्य गर्दै सम्पुर्ण किशोर/किशोरी लाई सकारात्मक शिक्षा र सल्लाह दिन सकेमा हामी बालविवाह मुक्त समाज निर्माण गर्न सक्छौं । जसमा रास्ट्र, विभिन्न निकाय, समाज र समाजको हातेमालो हुनु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...