News Portal

रेडियो सुन्नुहोस्

बालविवाहबाट समाजमा पर्ने असर र यसको न्यूनीकरण

देवा भण्डारी२०७८ कार्तिक १०, प्यूठान
९७९८ पटक
२०७८ कार्तिक १०, प्यूठान

कुनैपनि स्त्री र पुरुस बीच नयाँ सम्बन्ध कायम गरि पति पत्नीको सम्बन्ध स्थापित गराउने एक सामाजिक, धार्मिक वा कानुनी कार्य लाई नेपाली समाजमा  विवाह भन्ने गरिन्छ । विवाहले मानिसको सामाजिक, मानसिक, सारिरिक, आर्थिक एवं सम्वेगात्मक पक्षमा प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने हुदा, नेपाल सरकारले विवाहको लागि उपयुक्त उमेर २० वर्ष तोकिदियको छ । अतः नेपालको सन्दर्भमा २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह लाई बालविवाहभनिन्छ ।
नेपालको कानुनले जनताको हकहितका लागि भनेर बाल बिबाहको बिरुद्धमा धेरै कानुन बनाएता पनि देशको अवस्थाले कोल्टे फेरिसकेको अबस्था भने पक्कै छैन, येसो त नेपाल, बिश्वमा बाल बिबाह बढी हुने देस हरु मध्य १० आँै स्थान मा पर्छ भने दक्षिण यसियामा बालविवाह, मातृशिशु मृत्युदर बढी हुने देस मध्य पनि एक हो । सानो उमेरमा विवाह गर्दा केटाकेटी दुबै शारिरीक र मानसिक तबरले परिपक्क नहुने हुँदा प्रजनन सम्बन्धि समस्या, मातृशिशु मृत्युदर बढ्ने, साथसाथै सानो उमेरमै गरिएको अपरिपक्व निर्णयको कारणले गर्दा पछि गएर पतिपत्निको सम्बन्धमा दरार बढ्नुका साथै सम्बन्ध विच्छेद समेत हुने गर्दछ ।

बालबिबाह हुनुका कारण

१. नेपालमा धेरैजसो मानिसले हिन्दु धर्म मान्ने हुँदा धर्म अनुसार स्त्री को रजस्वला सुरु हुनुभन्दा पहिले कन्यादान गरिदियो भने पुण्य मिल्छ भन्ने गलत धरणाका कारण पनि सानै उमेरमा विवाह गरिदिएको पाइन्छ ।
२. गरिबीका कारण पालन पोसण गर्ने अबस्थामा नहँुदा कतिपय परिबारले सानै उमेरमा विवाह गरिदिने ।
३. तराइ क्षेत्रमा दाइजो प्रथाको समस्या हुने हँुदा हरेक वर्ष उमेरसँगै दाइजोको रकम पनि बढ्ने डरले सानै उमेरमा छोरीको बिबाह गरिदिने ।
४. नेपालको ग्रामीण भेगतिर बुहारी आएपछी घरको सम्पुर्ण कामकाज गर्छिन भन्ने गलत बिचारका कारण जति छिटो छोराको विवाह गरिदिए आफुले सुख पाइन्छ भन्ने सोचेर कतिपय परिवारले बालविवाह गराइएको पनि पाइन्छ ।
५. चेतनाको कमि, बालविवाहका असरको बारेमा जानकारी नहुदा पनि बालविवाह भैरहेको हुन्छ ।
६. उमेर नपुगेका किसोर/किशोरी बिच सानो उमेरमा हुने प्रेम सम्बन्धका कारण पनि बालविवाह हुने गरेको पाइन्छ ।

बालबिबाहले निम्त्याउन सक्ने समस्या

नेपालमा धेरै नागरिक शिक्षाको परिधी भन्दा बाहिर रहेकाले उनिहरुलाइ बालबिबाह के हो, यसले के समस्या निम्त्याउँछ भन्ने जानकारी नै नभएको कारण उल्लेखित समस्या हुने गर्दछ ।
१. सानै उमेरमा विवाह हुँदा, केटाकेटीले आफ्नो पढाई पूरा गर्न पाउँदैनन जसको कारण उनिहरुको जीवनमा असर पर्छ नै, देशको पनि असिक्षित र बेरोजोगारी जनसंख्यामा वृद्धि भएर आउँछ
२. शारिरिक तथा मानसिक तवरले अपरिपक्वता हुने हुँदा शारिरिक र मानसिक समस्या बढ्न समेत जान्छ ।
३. सानै उमेरमा बच्चा जन्माउदा मातृशिशु असर पर्ने तथा सारिरिक रुपमा अपाङ्ग भएका बच्चा जन्मिने सम्भावना उच्च हुनेहुन्छ ।

अतः बालविवाह समाजका लागि त्यो रोग हो, जसको निराकरणको लागि हामी सबै मिली अत्यावश्यक कदम चाल्न जरुरी छ । नेपाल सरकार द्वारा विभिन्न नीति, कार्यक्रम र प्रतिबद्धता जायर गर्दै आइरहेको छ । नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा बालविवाह विरुद्ध लगाएत गैरकानुनी ओसारपसार गर्न नपाइने भन्दै बालबालिकाको हकहित उल्लेख गरियको छ । साथै सन् २०२२ सम्ममा सबै प्रकारका हिंसा दुव्र्यवहार र शोषणबाट बालबालिका तथा किशोर किशोरीको संरक्षणमा सुधार ल्याउने प्राबधान राखेको छ । तर नेपाल को सन्दर्भमा कुनैपनी योजना शतप्रतिशत लागू भएको पाइदैन । यसको पछाडी अशिक्षा, धर्म संस्कृति, समाज र सामाजिक मुल्यमान्यताले अहम भुमिका खेलेको छ ।
जसको अन्त्यको लागि बालविवाह र येसका बेफाइदाको बारेमा शिक्षा, चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबिबाह गर्ने र गराउने लाई कडा दण्ड सजायको ब्याबस्था मात्र नभई कडाइका लागू पनि गर्ने र साथसाथै समाजमा रहेका नकारात्मक सोच र बिचार लाई हटाउने, हरेक धर्मले शतप्रतिशत ठिक कुरा सिकाउछ भन्ने हुँदैन तसर्थ हरेक धर्म, जातजाती र समुदायमा चलिआएका विवाह सम्बन्धी गलत विचार र मान्यता को अन्त्य गर्दै सम्पुर्ण किशोर/किशोरी लाई सकारात्मक शिक्षा र सल्लाह दिन सकेमा हामी बालविवाह मुक्त समाज निर्माण गर्न सक्छौं । जसमा रास्ट्र, विभिन्न निकाय, समाज र समाजको हातेमालो हुनु जरुरी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...