News Portal

रेडियो सुन्नुहोस्

यसरी भयो एमाले प्यूठान नगरकमिटिको सपथ ग्रहण

झुलेनी नेटवर्क२०७८ कार्तिक १४
९२३ पटक
२०७८ कार्तिक १४

नेकपा एमाले प्यूठान नगरपालिका नगर कमिटिको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आइतवार बिजुवारमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्म निर्वाचित कमिटिलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्यूठान क्षेत्र नं. प्रदेश (क) का माननीय, पुर्व शहरी विकास मन्त्री हरी प्रसाद रिजालले सपथ खुवाएका हुन् ।

अधिवेशनबाट टंक बहादुर खड्काको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि निर्वाचित भएका छन् । कमिटिको उपाध्यक्षमा ध्रुर्व जि.सि., सचिव आकाश भण्डारी, सह सचिव दिल बहादुर दसौदी र कमला आचार्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यक्रमममा प्रमुख अतिथिको आसनबाट बोल्दै रिजालले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तब्य दिदै जुझारु र कर्तव्यनिष्ट भएर लाग्न आग्रह गरे । पद लिनुमात्र ठुलो कुरा नभई पद वहाली पश्चात पार्टीका निमित्त गरीने क्रियाकलापले एमाले शक्तिमान पार्टी बन्ने बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खड्काले नगरकमिटिको आगामी रणनिति र प्रतिवद्धता प्रस्तुत गरेका थिए ।

यसअँघी प्यूठान जिल्लाका ९ वटै स्थानीय तह मध्ये गौमुखी गाउँपालिका बाहेक गाउँपालिका सर्वसम्म कमिटी निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...