News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा क्रिकेटको संभावना र चुनौति

टु आर क्षेत्री
११४८ पटक

बल र ब्याटले खेलिने क्रिकेट अहिलेको युवा पुस्ताको लोकप्रिय खेल बनेको छ । पाचौँ शताब्दिमा शुरु भएको यो खेल सन् १६४६ मा बेलायतमा पहिलो पटक भएको थियो । नेपालमा भने यसको सुरुवात २० औँ शताब्दिमा भएको पाइन्छ । सन् १९२० मा राणाहरु बेलायतबाट पढेर फर्केपछि स्वदेशमा खेल्न थाले पनि सन् १९५२ मा राणा शासनको अन्त्य पछि मात्र क्रिकेट साधारण जनता समक्ष पुग्न सफल भएको इतिहासले देखाएको छ ।

धेरै पछि मात्र नेपालमा क्रिकेटको सुरुवात भएता पनि पछिल्लो समय नेपाली क्रिकेटले धेरै फड्को मारेको छ । क्रिकेट खेलबाटै नेपाललाई बिश्वमा चिनाउन सफल भएको छ । यद्यपी देशको राजनीतिक अस्थिरता, खेलकुद क्षेत्रमा हुनुपर्ने लगानीको अभाव लगायत कारणले अझै नेपाली क्रिकेटले सोँचे जस्तो सफलता पाउन भने सकेको छैन ।

घर वलियो हुनको लागि जग बलियो हुनुपर्छ भनेझै नेपाली क्रिकेटको अवस्था सुधार गर्नको लागि स्थानीय स्तरदेखि नै खेलकुद क्षेत्रमा लगानी हुनुपर्दछ । क्रिकेट प्रतियोगिता आयोजना तथा क्रिकेट खेलको लागी लगानी हुनुपर्दछ । जुन आवश्यक मात्रामा हुन सकेको छैन ।

प्यूठानको सन्र्दभमा क्रिकेट खेलप्रति दिनप्रतिदिन युवाहरुको चासो बढ्दै गएपनि जिल्लाका खेलाडीहरु क्षेत्रिय तथा राष्ट्रिय स्तरमा पुग्न सकिरहेका छैनन् । क्रिकेट खेलको अभिभावकको रुपमा रहेको नेपाल क्रिकेट संघ (क्यान) मा प्यूठान जिल्ला दर्तासम्म हुन सकेको छैन । जसले गर्दा क्यानले सञ्चालन गरेका प्रतियोगितामा जिल्लाले सहभागिता जनाउनबाट वञ्चित हुन पुगेको छ ।

यस्तै खेलकुदको अभिभावकको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषदको जिल्ला शाखा जिल्ला खेलकुद विकास समिति प्यूठानमा पनि खेलकुद वुझेका व्यक्ति नियुक्ति हुन नसक्दा खेलकुदमा खासै फड्को मार्न सकेको छैन । यस्तै समितिले अन्य खेलको तुलनामा क्रिकेट खेललाई बढी महत्व दिन नसक्दा यसको विकास र विस्तारमा स्थानीय क्लव, युवा समुह लगायतले मात्र अघि बढाउने गरेका थिए ।

देश संघीय संंरचनामा गइसकेको छ । धेरै जसो अधिकार स्थानीय तहले पाएका छन् । यसर्थ क्रिकेट विकास र विस्तार गर्नु स्थानीय तहको पनि जिम्मेवारी हो । यसमा प्युठानका स्थानिय तहहरु बेखबर जस्तै छन् । जिल्लाका धेरैजसो पालिकाहरुमा खेलकुद विकास समिति नै गठन भएका छैनन् । गठन भएका पालिकामा पनि खेलकुद विकास समितिले ठोस निर्णय लिन र कदम चाल्न सकेको देखिदैन ।

पालिकाहरुले खेलाडी उत्पादन गर्ने कुनै योजना बनाएको देखिदैन । जिल्ला हाल क्रिकेट क्लव विहिन रहेको छ । नियमित रुपमा क्रिकेट गतिविधि सञ्चालन हुन नसक्दा जिल्लामा क्रिकेट क्लव दर्ता हुन नसकेको हो । आगामी दिनमा क्रिकेटमा स्थानीय तहको लगानी र नियमित प्रतियोगिता हुन सकेमा क्लव दर्ता हुने आकलन गरिन्छ ।

प्रदेश सरकारको करोडौं रुपैयाँ लगानीमा निर्माण गरिएका खेल मैदान पनि अहिले प्रयोगविहीन छन् । कतिपय स्थानमा खेलाडीहरुलाई पायक नपर्ने स्थानमा खेलमैदान निर्माण गरिएको छ । क्रिकेटप्रति स्थानीय तहले उचित बजेट नछुट्याउनु यसको मुख्य कारण देखिएको छ । भौगोलिक विकटता त्यसमा पनि खर्चिलो खेल क्रिकेटमा सरकारी निकायले लगानी नगर्नुले पनि प्यूठानमा क्रिकेट खेल्नेको संख्या घट्न गएको छ ।

जिल्लामा खेलाडीहरु उत्पादन भए पनि दिर्घकालिन रुपमा टिक्न सकिरहेका छैनन् । व्यक्तिगत पहलमा, व्यक्तिगत रुचिका कारण सिमित युवा खेलाडी मात्र अहिले क्रिकेटसँग जोडिएका छन् । खेलाडीका लागि आवश्यक पर्ने आधारभुत सामाग्री मात्र स्थानीय तहले उपलब्ध गराउने, वार्षिक रुपमा क्यालेन्डर बनाएर क्रिकेट प्रतियोगिता आयोजना गर्ने, खेल मैदानलाई क्रमिक रुपमा सुधार गर्दै लैजान सके मात्र प्यूठान जस्तो पहाडी जिल्लाबाट पनि क्रिकेट खेलाडी उत्पादन हुन सक्छन् । राष्ट्रिय स्तरमा प्यूठानलाई क्रिकेटको नामबाट पहिचान दिन सक्छन् ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने सरकारको नारा अनुरुप अहिले स्वास्थ्यका लागि मात्र खेलकुद भएको छ । राष्ट्रका लागि खेलकुद बनाउन स्थानीय तहले त्यसप्रकारले कार्यक्रम अगाडी बढाउन जरुरी छ । यदि त्यसो भएमा क्षमता भएका खेलाडीहरुलाई अगाडी बढ्न पक्कै सहयोग मिल्नेछ । अरु खेलकुद जस्तै क्रिकेटले पनि प्यूठानका खेलाडी र प्यूठानीलाई चिनाउन सफल हुनेछ ।
(लेखक ः गण्डकी विश्वविद्यालयमा स्नातक खेलकुद व्यवस्थापन विषयमा अध्ययनरत हुनुहुन्छ ।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...