News Portal

रेडियो सुन्नुहोस्

मौलिक संस्कृती संरक्षणका लागि भैलो प्रतियोगिता : मौलिक संस्कृति लोप हुँदै

एलबी थापा
२२७० पटक

तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु हुन्छ । यो बेला शहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धाहरुलाई समेत देउसी भैलोले छोएको हुन्छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारण आकर्षित हुन्छन् ।

देउसी भैलोमा परम्परागत रुपमा नाचिने थाली नाच, मादले मारुनी, सालैजो, सिरफुले लगायत पुख्र्यौली नृत्य देखाइन्छ । परम्परागत रुपमा रहेका विभिन्न जातजातिका लोपोन्मुख संस्कृतिहरुलाई समेत देउसी भैलोमा देखाउने प्रचलन छ ।
गाउँघरमा मौलिक रुपमा देखाइने भैलो संरक्षणका लागि गौमुखी गाउँपालिकामा प्रतियोगिता आयोजना गरेको छ । ‘कला संस्कृतिको जगेर्नाका लागि देउसी भैलो प्रतियोगिता गरीएको हो’ गौमुखी युवा अभियानका संयोजक बसन्तलाल पुरीले भने, ‘यसरी देखाइने पुराना संस्कृति नयाँ पुस्ताले सिक्ने मौका पाउँछन् ।’

गाउँघरमा रहेका बिभिन्न जनजाति र समुदायले खेल्ने देउसी भैलोमा आफ्ना मौलिक संस्कृति समेट्ने भएकाले प्रतियोगिता गरीएको उनले बताए । प्रतियोगितामा ६ समुहले भाग लिएका थिए । गौमुखी गाउँपालिका वडा नं. ७ को भैलो समुह प्रथम बनेको थियो । प्रतियोगितामा ५ नं. वडा ठुलावेसीको समुह दोस्रो र ६ नं. वडा लिवाङको समुह तेस्रो स्थान भएका थिए ।

गतवर्ष एकीकृत बचत तथा ऋण सहकारी संस्था गौमुखी ५, ठुलावेसीले एकादशीको अवसरमा पहिलो पटक आयोजना गरेको भैलो प्रतियोगिता कार्यक्रम यो वर्ष पनि सोमवार प्रतियोगिता सञ्चालन गरेको छ । जिल्लामै पहिलो पटक भैलो प्रतियोगिता आयोजना गरीएको बताउँदै स्थानीय केशव के.सी.ले लोपोन्मुख संस्कृती जोगाउनका लागि हरेक वर्ष प्रतियोगिता गर्ने बताए ।

प्रतियोगितामा मदाने  गाउँपालिका १ अग्लुङ्ग गुल्मिको समुह प्रथम गौमुखी गाउँपालिका ७ नारीकोट दोस्रो र गौमुखी गाउँपालिका ५ को समुह तेस्रो स्थान भएका थिए । प्रतियोगितामा १२ टिमको सहभागी थियो !

युवा पुस्ताहरु साउण्ड सिस्टम बजाएर भैलो नाच्ने प्रचलन बढ्दै गएकाले पुरानो संस्कृती जगेर्नाको लागि प्रतियोगिता आयोजना गर्नुपरेको उनको भनाई छ ।

मौलिक संस्कृति लोप हुँदै

धार्मिक ग्रन्थ अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।

तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलो पछिल्लो समय लोप हुँदै गएको छ । युवा युवतीहरु खेल्ने देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा यसको मर्म नै मेटिन थालेको हो । यिनीहरुले देउसी भैलो खेल्ने गरेपनि ड्रम बजाएर नाच्ने गर्दछन् । पछिल्लो समय रेकर्ड भएका गीतहरुमा नाँच्ने त झनै प्रचलन जस्तै बनेको छ ।

युवा पुस्ताहरु नै यस्तो गर्दा बुढा पाका पुस्ताहरु मौलिकता हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्दछन् । पहिले खेलिने देउसी भैलो भावनात्मक हुने गरेपनि अहिलेको देउसी भैलो मनोरञ्जनमा मात्रै सीमित भएको यिनीहरुको बुझाई छ ।

‘हाम्रो पालामा अहिलेको जस्तो प्रविधि थिएन’, खुङका मन बहादुर बि.क.ले भने, ‘मादल र बाँसुरीको तालमा भाइ बहिनीका कथा व्यथा गाउँथ्यौं, अहिलेको नाच त कस्तो कस्तो ।’ बि.क.का अनुसार देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई हराउन दिन नहुने बताउँछन् ।

पाका पुस्ता खेल्ने भैलो, बालबालिका र किशोर किशोरी खेल्ने देउसीमा भिन्नता आउन नहुनेमा उनले चिन्ता ब्यक्त गरे । सामूहिक रुपमा खेलीने देउसी भैलो गाउँदै, नाच्दै आशिष दिने र घरधनीले दिने दान दक्षिणा स्वरुप लिने पुरानो चलन हो । आजभोली चन्दा संकलन गर्ने गरी चिठि काटेरै भैलो खेल्ने गरीएको लोक दोहोरी गित प्रतिष्ठान प्यूठानका अध्यक्ष तुकमानसिंह कार्किले बताए ।

देउसी भैलोलाई मनोरञ्जनसँगै पुराना संस्कृतिको संरक्षण र सामाजिक काममा सहयोग जुटाउने माध्यम बनाउनु सकारात्मक पक्ष मानिए पनि जबर्जस्ती चन्दा उठाउने कार्य संस्कृती संरक्षण नभई दुरुपयोग भएको उनको बुझाई छ । परम्परागत चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउने परिपाटी बसाल्न सके मात्रै ऐतिहासिकताको जगेर्ना हुने र साँस्कृतिक महत्व बढ्ने कार्किले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...