News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेतृत्वको नेकपाद्वारा रोल्पाका पहिरो पीडितलाई आर्थिक सहयोग प्रदान

नेपाल कम्युनिस्ट पार्टी सधै जनताको सुख दु:खमा सहयात्रा गर्ने पार्टी हो : जागृति

सुगम सरोवर, रोल्पा/असार १८
१३३३ पटक
रोल्पा/असार १८


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर जिल्ला कमिटीले सोमवार रोल्पा रून्टिगढीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
४ नम्बर जिल्ला कमिटी इन्चार्ज जागृति, जिल्ला सेक्रेटरी पुष्टमान, अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुशिल,रुन्टिगढी गाउँपालिका इन्चार्जले सन्देश लगायतले मृतकका परिवारहरुलाई किरिया खर्चको स्वरूप जनही ५ हजारको दरले नगद रकम प्रदान गर्नुभएको हो ।

गत असार १८ गते सोमबार रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ मा अविरल वर्षाका कारण पर्खाल भत्कियर घरलाई च्याप्दा ३ जनाको दुखद् निधन भएको थियो ।
मृत्यु हुनेहरुमा १८ दिनकी शिशु आयुसा बिक,२२ वर्षीया सुत्केरी आमा कमला बिक र कक्षा ८ मा अध्ययनरत १५ वर्षिया चित्रा बिक रहेका छन ।

पिडितहरुलाई सहयोग हस्तान्तरण गर्दै इन्चार्ज जागृतिले नेपाल कम्युनिस्ट पार्टी सधै जनताको सुख दु:खमा सहयात्रा गर्ने पार्टी भएको बताउनुभयो ।
जनताका अगाडि समस्या र चुनाैती खडा हुदा नेकपाले नेतृत्व गरेर जनतालाई न्याय दिलाएको इतिहास समेत घाम झै छर्लङ्ग रहेको इन्चार्ज जागृतिले बताउनुभयो ।


साथै उक्त समयमा डिकोस रोल्पाका अध्यक्ष कर्ण बहादुर बाठाले पनि पिडितहरुलाई आर्थिक सहयोग गर्नु भयको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...