News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेतृत्वको नेकपाद्वारा रोल्पाका पहिरो पीडितलाई आर्थिक सहयोग प्रदान

नेपाल कम्युनिस्ट पार्टी सधै जनताको सुख दु:खमा सहयात्रा गर्ने पार्टी हो : जागृति

सुगम सरोवर, रोल्पा/असार १८
१२४४ पटक
रोल्पा/असार १८


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर जिल्ला कमिटीले सोमवार रोल्पा रून्टिगढीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
४ नम्बर जिल्ला कमिटी इन्चार्ज जागृति, जिल्ला सेक्रेटरी पुष्टमान, अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुशिल,रुन्टिगढी गाउँपालिका इन्चार्जले सन्देश लगायतले मृतकका परिवारहरुलाई किरिया खर्चको स्वरूप जनही ५ हजारको दरले नगद रकम प्रदान गर्नुभएको हो ।

गत असार १८ गते सोमबार रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ मा अविरल वर्षाका कारण पर्खाल भत्कियर घरलाई च्याप्दा ३ जनाको दुखद् निधन भएको थियो ।
मृत्यु हुनेहरुमा १८ दिनकी शिशु आयुसा बिक,२२ वर्षीया सुत्केरी आमा कमला बिक र कक्षा ८ मा अध्ययनरत १५ वर्षिया चित्रा बिक रहेका छन ।

पिडितहरुलाई सहयोग हस्तान्तरण गर्दै इन्चार्ज जागृतिले नेपाल कम्युनिस्ट पार्टी सधै जनताको सुख दु:खमा सहयात्रा गर्ने पार्टी भएको बताउनुभयो ।
जनताका अगाडि समस्या र चुनाैती खडा हुदा नेकपाले नेतृत्व गरेर जनतालाई न्याय दिलाएको इतिहास समेत घाम झै छर्लङ्ग रहेको इन्चार्ज जागृतिले बताउनुभयो ।


साथै उक्त समयमा डिकोस रोल्पाका अध्यक्ष कर्ण बहादुर बाठाले पनि पिडितहरुलाई आर्थिक सहयोग गर्नु भयको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...