News Portal

रेडियो सुन्नुहोस्

सर्वोच्चमा गोला प्रथा प्रक्रिया : ‘समस्या समाधानको अस्थायी उपाय’

झुलेनी नेटवर्क २०७८ मंसिर १५
९०२ पटक
२०७८ मंसिर १५

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट न्यायाधीशहरुको मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो ।

संविधान र कानूनका जानकार डा। भिमार्जुन आचार्य गोला प्रक्रिया न्यायालयमा देखिएका समस्या समाधानको तत्कालको उपाय मात्र भएको बताउँछन् । स्थायी समाधानका लागि नियुक्ति तथा संविधान र कानून संशोधन नै गर्नुपर्ने उनको जोड छ ।

डा। आचार्यले अनलाइनखबरसँग भने, ‘तत्कालको लागि चाहिं आजबाट प्रारम्भ गरिएको गोला प्रक्रिया सुखद छ । यसलाई अगाडि बढाउनुपर्छ । यसको परिणामहरु, यसको प्रभावहरु हेरेर आगामी दिनमा स्थायी समाधानको बाटोमा हामीले अवलम्बन गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘पहिलो कुरा त स्थायी समाधान भनेको नियुक्तिमै हामीले ख्याल गर्ने हो । नियुक्तिमै दक्ष, असल मान्छे पठायौं भने त्यसखालका समस्याहरु कम आउँछ । दोस्रो स्थायी समाधान भनेको केही कानुन र संविधानमा पनि हेरफेर गर्नुपर्ने समय आएको छ । जस्तो न्यायपरिषदको संरचना, संवैधानिक परिषदको संरचना पनि संशोधनको माध्यमबाट हामीले हेरफेर गर्नुपर्छ ।’

डा. आचार्यको भनाइ जस्ताको त्यस्तै –
यो एकदमै नयाँ भन्दा पनि अहिलेको तत्कालको आवश्यकता हो यो । यसले नै न्यायालयका सबै समस्याको समाधान गर्ने भन्ने नहुन सक्छ । विगतलाई हेर्दा पनि नेपालमा तहमा कहिले गोला प्रथा, कहिले के, सबैखालको प्रयोग हुँदै आएको हो ।

तर मुख्य प्रश्न के रहेछ भने न्यायकर्ता व्यक्तिमै कुरा निर्भर गर्दोरहेछ । न्यायिक नेतृत्व इमान्दार सक्षम, कानुन र संविधानप्रति वफादार, जवाफदेही, प्रतिबद्ध भयो भने त उसले मुद्दाका, हामी त्यसलाई मेरिट भन्छौं, त्यो विषयवस्तु हेरेर कुन न्यायाधीशलाई तोक्ने आफैंमा बेठिक थिएन । त्यो सही कुरा थियो । तर पछिल्लो समयमा एकपछि अर्को प्रधानन्यायाधीशले त्यो अधिकारलाई दुरुपयोग गरे । भ्रष्टाचारको एउटा मुख्य स्रोत त्यसलाई बनाए । न्यायालयमा न्यायाधीशले घुस खान्छ भन्ने कुरा सामान्य समझ भएको मान्छेले परिकल्पना पनि गर्नु नपर्ने कुरा हो । हामीले शास्त्रमा पढ्दाखेरि त्यो शव्द पनि सुनेनौं । तर दुर्भाग्य न्यायाधीशको नेतृत्वले, न्यायाधीशले घुस खान्छन् भन्ने कुरा तथ्यले प्रमाणित गर्यो ।

यो पृष्ठभूमिमा गोला प्रक्रिया लागू गरेका कारणले मलाई लाग्छ यो आवश्यकता थियो । तर यसमा पनि नियत खराब भयो भने, बदनियत राखेर गोलामै तलमाथि गरियो भने के लाग्छ र ।

त्यसैले पहिलो कुरा त स्थायी समाधान भनेको नियुक्तिमै हामीले ख्याल गर्ने हो । नियुक्तिमै दक्ष, असल मान्छे पठायौं भने त्यसखालका समस्याहरु कम आउँछ । दोस्रो स्थायी समाधान भनेको केही कानुन र संविधानमा पनि हेरफेर गर्नुपर्ने समय आएको छ । जस्तो न्यायपरिषदको संरचना, संवैधानिक परिषदको संरचना पनि संशोधनको माध्यमबाट हामीले हेरफेर गर्नुपर्छ ।

तर तत्कालको लागि चाहिं आजबाट प्रारम्भ गरिएको गोला प्रक्रिया सुखद छ । यसलाई अगाडि बढाउनुपर्छ । यसको परिणामहरु, यसको प्रभावहरु हेरेर आगामी दिनमा स्थायी समाधानको बाटोमा हामीले अवलम्बन गर्नुपर्छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...