News Portal

रेडियो सुन्नुहोस्

४८ जना विद्यार्थी वेहोस भएपछी एकहप्ता विद्यालय वन्द गर्ने निर्णय

सिखबर संवाददाता२१ असार, प्यूठान
१९९२ पटक
२१ असार, प्यूठान

एकाएक विद्यार्थी वेहोस हुने, चिच्याउने र काम्ने समस्या देखिएपछी अमृत जिवन मा.वी नागरीकोट एक हप्ताका लागि वन्द हुने भएको छ। अनौठो समस्या देखिएपछी एक हप्ताका लागि विद्यालय वन्द गर्ने निर्णय भएको विद्यालय श्रोतले जनाएको छ।

अहिले अमृत जिवन मा.वी. नारिकोटमा स्वास्थ्यकर्मी सहित जिल्लास्थित सरोकारवालाको टोलि पुगेको छ। विद्यालयमा अहिले विद्यार्थीलाई काउन्सिलिङ भईरहेको जिल्ला अस्पत्ताल प्यूठानका डा. सोफिया थापाले जानकारी दिनुभयो।

उक्त विद्यालयमा असार पहिलो हप्दादेखि विद्यार्थी काप्ने, वेहोस हुने, चिच्याउने लगायतका समस्या देखा परेको विद्यालयका शिक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभएको छ। पोख्रेलका अनुसार आज(बिहिबार) मात्र ४८ जना विद्यार्थी वेहोस भएका छन्। जसमध्य ३७ छात्रा र ११ जना छात्र रहेका छन्। सुरुमा(असार ५ गते) कक्षा ३ कि छात्रा विमला वि.क. लाई देखिएको यो समस्या क्रमिक रुपमा अरुमा सर्दै गईरहेको छ। कक्षा ३ देखि ७ सम्मका १० देखि १५ वर्ष उमेरसमुहका विद्यार्थीमा यो समस्या देखिएको छ।

के कारणले विद्यार्थीहरु एकाएक वेहोस भईरहेका छन् भन्नेवारे पुस्टी नभईसकेपनि मास हिस्टेरीयाका कारण त्यस्तो समस्या देखा परेको हुनसक्ने आसंका गरिएको छ। प्रारम्भिक रुपमा हेर्दा मास हिस्टेरीया जस्तो देखिने यो रोग मानसिक हुने र एकवाट अर्कोमा सर्दै जाने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा कार्यरत डा. समिर लामाले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...