News Portal

रेडियो सुन्नुहोस्

प्युठान इञ्चार्जको जिम्मेवारी सम्हाले लगत्तै, नेता सूर्य थापाको उद्घोष : एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने अठोट

झुलेनि पोष्ट२०७८ पुस ४
१०२३ पटक
२०७८ पुस ४

नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इञ्चार्ज सुर्य थापाले नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्ने अठोट ब्यक्त गरेका छन् । स्पष्ट योजना, खाका, भाका, सुर,ताल र लयमा प्रभावकारी ढंगले अघि बढाउने अभियानमा जुट्न सबै नेता, कार्यकर्तालाई अपिल गरेका छन् । प्यूठानको इञ्चार्जको जिम्मेवारी सम्हाले लगत्तै थापाले यस्तो अपिल गरेका हुन् ।

नेता थापाले प्यूठानले पहिलो पटक जिल्लाकै नेतालाई इञ्चार्ज र सहइञ्चार्ज (हरि रिजाल) रुपमा पाउँदा उत्साह थपिएको पनि बताएका छन् । हामी (हरिजी र म) प्यूठानका धर्तीपुत्रहरू नै पहिलोपटक नयाँ जिम्मेवारीमा आएको हुँदा पार्टीपंक्ति र जिल्लाबासीहरूमा उत्साह र ऊर्जा देखिएको छ। इन्चार्ज र सहइन्चार्ज सहित प्युठानले स्थायि कमिटिमा मणिचन्द्र थापा समेत रहेकाले सिंगो जिल्लामा समझदारी, एकता र सक्रियताका साथ काम गर्दै अघि बढ्दै हामी नेकपा (एमाले) लाई यहाँहरूको आफ्नै र भरोसायोग्य शक्तिका रूपमा विकसित गरेर अघि बढ्ने बताए ।                                                                         

यस्तो छ थापाको अपिल

प्यूठानबाट सबै शुभेच्छुक र मित्रहरूमा
संग्रामी अभिवादन-
हाम्राे पार्टी नेकपा एमालेको भर्खरै चितवनमा सम्पन्न ऐतिहासिक दशाैं राष्ट्रिय महाधिवेशनमा प्राप्त नयाँ जिम्मेवारी र कार्यविभाजनसँगै मेराे कार्यक्षेत्र बदलिएर अब प्यूठान जिल्ला भएकाे छ। सबैमा याे सुखद जानकारी गराउन चाहन्छाैं।

शुरूमा वामदेव गाैतम, शंकर पाेखरेल र गाेपाल शाक्य(विक्रम थापा) प्यूठान जिल्लामा झापाली धार नेकपा(माले)काे सम्पर्क विस्तार र जनपक्षीय उम्मेद्वारकाे संभावना खाेजी गर्न पुग्नुभएकाे पाइन्छ। त्यहीँ क्रममा अनेरास्ववियु एकताकाे पाँचौकाे संगठनात्मक सम्पर्क २०३७/३८ देखि नै अघि बढेकाे थियाे। त्यसबेलाकै सम्पर्कमा रहनुभएका कमरेड हरि रिजाल अहिले पार्टी केन्द्रीय कमिटी सदस्य हुनुभएको छ। नेकपा माले/एमालेकाे संगठनात्मक विस्तार भने प्यूठानमा २०४६ काे आन्दोलनपछि कमरेड वीरबहादुर सिंहकाे नेतृत्वमा भएको थियाे। तत्पश्चात् कमरेडहरू माेदनाथ प्रश्रित, मेघबहादुर विसी, देवराज भार, यज्ञराज बाँस्ताेला,रामचन्द्र अधिकारी,युवराज ज्ञवाली, शंकर पाेखरेल, प्रकाश ज्वाला,छविलाल ओली, ललित बस्नेत, गाेकुल घर्ती मगर, खेममान खड्का+ गुलाबजंग शाह, दलबहादुर राना र लीला गिरीले प्यूठानमा पार्टीको नेतृत्वदायी कमिटीका तर्फबाट अञ्चल प्रतिनिधि,सचिव र ईन्चार्ज तथा जिल्ला इन्चार्ज र सह-इन्चार्जकाे हैसियतमा नेतृत्व प्रदान गर्नुभयाे। यस अवधिमा बीरबहादुर सिंह, रमेशप्रसाद राजभण्डारी,धनबहादुर रायमाझी, हरिप्रसाद रिजाल र तुल्सीराम शर्माले पार्टी प्रमुख(सचिव/अध्यक्ष)भएर जिल्लाकाे नेतृत्व गर्नुभएको अवगत नै छ। यसरी वितेका ३० बर्षमा प्यूठानमा पार्टीले राप्ती अञ्चल र लुम्बिनी प्रदेशका जिम्मेवार नेता-आज पार्टीकै उच्च नेतृत्वमा रहनुभएका कमरेडहरूलाई इञ्चार्ज पाएकाे तथ्य सर्वविदितै छ।

२०४८ सालकाे आमचुनावपछि बिजुवारमा युवराज ज्ञवाली, देवराज भार र बीरबहादुर सिंहकाे प्रशिक्षण लिंदा म अध्ययनकाे लागि काठमाडौंमा भित्रिसकेकाे थिएँ। खासमा मैले हाइस्कुल अर्घाखाँचीमा पढेकाे र पार्टी सम्पर्क पनि त्यहीँबाट पाएकाे हुँदा प्यूठानको पार्टी काममा भूगाेलमा प्रत्यक्ष जाेडिने संयाेग मिलेकाे थिएन। २०७० काे निर्वाचनअघि एकमहिने अभियानको लागि प्यूठान- १ मा खटिएको र निर्वाचनमा जिल्लाका दुईवटै क्षेत्रमा पार्टीलाई विजयी बनाउने याेजनाका साथ अभियानमा समेत गरि निर्वाचनमा ८४ दिन पूरै खटिएकाे थिएँ। पार्टीका जिल्ला अधिवेशनहरू, अभियानहरू र निर्वाचनको सिलसिलामा त प्राय:जसाे नै जिल्लाका कार्यक्रममा पुग्ने क्रम चलेकै थियाे।
नेकपा एमालेकाे नवाैं महाधिवेशनबाट म केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपनि बितेका आठ बर्षमा म प्रचार र पर्यटन क्षेत्रकाे जिम्मेवारीमा नै रहें।

अहिले प्रचार क्षेत्रकाे काममा विगत अढाई दशक तथा केन्द्रीय प्रचार विभागमा पूरै दुई दशक नै रहेर जिम्मेवारी बहन गरेकाे अनुभवभन्दा भिन्न भूगाेलकाे काममा पाेलिटव्युराे सदस्य र प्यूठान जिल्ला इन्चार्जकाे नयाँ जिम्मेवारीमा मलाई र सँगसँगै केन्द्रीय सदस्य र जिल्ला सह-इन्चार्जका रूपमा हरिप्रसाद रिजाललाई केन्द्रीय कमिटीकाे दाेस्राे बैठकले कार्यविभाजन गरेकाे छ। स्थायी कमिटी सदस्य मणिचन्द्र थापा केन्द्रीय विभागकाे नेतृत्वमा रहनुभएकाे छ। यसरी ३४५ सदस्यीय केन्द्रीय कमिटीमा हामी तीन जनाले जिल्लाकाे प्रतिनिधित्व गर्ने जिम्मेवारी प्राप्त गरेका छाैं। जिल्लामा पार्टीले ६४ मध्ये २५ वडा अध्यक्ष, नाैमध्ये तीन पालिका प्रमुख र उपप्रमुख र एक प्रदेशसभा सदस्यसहित एक्लै पहिलाे शक्तिको हैसियतका साथ भूमिका निर्वाह गरिरहेकाे छ।

हामी (हरिजी र म) प्यूठानका धर्तीपुत्रहरू नै पहिलाेपटक नयाँ जिम्मेवारीमा आएकाे हुँदा पार्टीपंक्ति र जिल्लाबासीहरूमा उत्साह र ऊर्जा देखिएकाे छ। सिंगाे जिल्लामा समझदारी, एकता र सक्रियताका साथ काम गर्दै अघि बढ्दै हामी नेकपा (एमाले)लाई यहाँहरूकाे आफ्नै र भराेसायाेग्य शक्तिका रूपमा विकसित गरेर अघि बढ्न सक्नेछाैं।

नेकपा एमालेलाई स्पष्ट याेजना, खाका, भाका, सुर,ताल र लयमा प्रभावकारी ढंगले अघि बढाउने यस अभियानमा जुट्न सबै नेता, कार्यकर्ता र पार्टीलाई माया गर्ने न्यायप्रेमी विशेष अनुराेध गर्दछाैं।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विस्फोट, एक जना घाइते

प्यूठानमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना घाइते भएका छन् । सुतली बम जस्तो देखिने...

माओवादी केन्द्र माण्डवीको अधिवेशन सम्पन्न

ने.क.पा.( माओवादी केन्द्र ) माण्डवी गाउँपालिकाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। माण्डवी-३ देबिस्थानमा सम्पन्न...

जनकल्याण सहकारीले मनायो रजत महोत्सव

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ...

सहित्य परिषद प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल

सहित्य परिषद प्यूठानको अध्यक्षमा बिमला खनाल निर्वाचित भएकी छिन्। शनिबार सम्पन्न ३० औँ साधारण सभा...

स्वर्गद्वारी नगरपालिकामा आँखा स्क्रीनिंग शिविर सुरु

स्वर्गद्वारी नगरपालिकाले ५० वर्षभन्दा माथिको उमेरका नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरेको छ ।...