News Portal

रेडियो सुन्नुहोस्

नेफालाई निरन्तर सुझाव दिइरहने मल्लले दिए नेफाकै केन्द्रीय समितिको सदस्यमा उमेदवारी !

बोम बहादुर परियर२०७८ पुस १० प्यूठान
१३४८ पटक
२०७८ पुस १० प्यूठान

जनस्वास्थ्य सेवा र शिक्षा सुधारको लागि निरन्तर काम, कलम र आवाज चलाइरहने विकेश मल्लले युवा जनस्वास्थ्यकर्मी द्वारा नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्य समिति सदस्यमा आफ्नो उमेदवारी दिएका छन्।

स्वास्थ्य सेवालाई गुणस्तरिय, सर्वसुलभ र व्यवस्थित बनाई सर्वसाधारण जनताको स्वास्थ्य स्थितिलाई अधिकतम स्वस्थ अबस्थामा पुर्याउने ध्येयका साथ निरन्तर पेसाकर्मीको हकमा आवाज उठाउन र जनस्वास्थ्य क्षेत्रका लागि विधार्थीकाल देखिनै संघर्स गरिराखेका मल्लले आफ्नो उमेदवारी दिएका हुन। पटकपटक नेपाल जनस्वास्थ्यकर्मी संघ लाई लिखित मौखित रुपमा सकरात्मक सुझाव दिईरहने मल्लले आफैले उक्त जनस्वास्थ्य संघकाे केन्द्रीय कार्य समितिको सदस्यमा आफ्नो उमेदवारी दिएको बताए ।

मल्ल कोभीड महामारीको सुरुवाती दिन देखि पेसागत संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझावका साथै आफूले पनि विविध सरकारी तथा गैरसरकरी संघ संस्था संग आवद्ध रही महामारी व्यवस्थापन तथा जनस्वास्थ्य क्षेत्रका अरु विधामा काम गर्दै आएका छन्। संघियता पश्च्यात देशको स्वास्थ्य संरचनापनि अस्तव्यत रहेको हुँदा जनस्वास्थ्य नीति,दरबन्दी संरचना,अध्ययन अनुसन्धान,जनस्वास्थ्यकर्मीको उत्पादन र खपतमा नियन्त्रण, छुट्टै जनस्वास्थ्य परिषद् निर्माण गर्न भनी विद्यार्थी कालदेखि नै स्वतन्त्र रूपमा विद्यार्थीमास बाट प्रतिनिधित्व गर्दै स्वास्थ्य मन्त्रालयमा पैरवी,बहस, सुझाव, ज्ञापन पत्र बुझाउनुका साथै दिगो जनस्वास्थ्य नीतिको निम्ति लगातार पैरवीमा छन् । अबका दिनहरूमा पनि यी र यस्तै दिगो र वैज्ञानिक जनस्वास्थ्य नीति, दरबन्दी संरचनाकाे लागि पैरवी, बहस , चिकित्सा शिक्षा आयोग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् सँग निकट रही आबस्यक पृस्ठपोषण सहित बहस र पैरवी चलाउने र नवयुवा जनस्वाथ्यकर्मी को माग आवस्यकता र चाहाना र विज्ञ अग्रजहरुको सल्लाह बमोजिम यी विषयहरुलाई प्राथमिकतामा राखी जनस्वास्थ्यकर्मीका माझ आएको बताए।

उनी भन्छन्, जुनसुकै तह र तप्काको नेतृत्व किन नहोस् उक्त नेतृत्व सदैव नतिजामुखी र जनमुखी हुनु पर्दछ ! नेफा संघ प्रतिको आम जनस्वास्थ्य पेसाकर्मीको धारणा गुम्दै गएको हुँदा नतिजामुखी कार्य गरि सबैलाई संघमा गोलबन्द गरी पेसाकर्मीको अभिभावकत्व ग्रहण गर्ने विशुद्ध संस्था निमार्ण गर्नमा कटिबद्ध हुने र नेफा सुद्रढीकरणमा आफ्नो विशेष पहल रहने उनको भनाई छ । नेपाल जनस्वास्थ्य संघ ( नेफा )काे चुनाव यही पुस २४ गते सात ओटै प्रदेश को राजधानी र केन्द्रको काठमाडौंमा हुने भएको छ । आठ स्थानबाट एकै समयमा बिहान ९ बजे देखि साँझ ५ बजे सम्म गरिने मतदान कार्यमा दोहोरोपन नहोस भनि मतदानमा सफ्ट्वेयर (Voter Autnetication System Software) को प्रयोग गरिने भएको छ। उक्त मतदानमा भाग लिने ब्यक्ती जनस्वास्थ्य शिक्षा अध्ययन गरी नेपाल जनस्वास्थ्य संघकाे सदस्यता लिएको हुनुपर्ने छ । युवा जनस्वास्थ्यकर्मी बिकेस मल्ल जन्मथलो सुदुरपश्चिम बझाङ रहे पनि कर्मथलोको रूपमा प्रदेश नम्बर १ रहेको बताए ।

 

२०७५/१०/२८ को स्वास्थ्य मन्त्रालय सँगको ज्ञापान पत्र !

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...