News Portal

रेडियो सुन्नुहोस्

अमेरिकाले साझेदारलाई युद्धमा होम्ने तयारी गर्दैछ, भारतसँग पनि सम्बन्ध सुदृढ गर्दैछ : प्रचण्ड 

झुलेनी नेटवर्क२०७८ पुस १३, काठमाडौं
३३९ पटक
२०७८ पुस १३, काठमाडौं

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले नयाँ युद्धको तयारी गरेको बताएका छन् । अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको प्रचण्डको भनाइ छ ।

प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेका हुन् ।

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गरेको भन्दै प्रचण्डले विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजनामा अमेरिका रहेको जनाएका छन् । अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुको पछाडि पनि त्यही रणनीतिले काम गरेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदनको अंश
प्रतिवेदनमा लेखिएको छ, ‘अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ । नयाँ शीतयुद्धका रुपमा देखापरेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन ।’

शीतयुद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको प्रचण्डको ठहर छ । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको भन्दै प्रचण्डले भनेका छन्, ‘बाइडन प्रशासनले अमेरिका र चीन बीचको संघर्ष लोकतन्त्र र निरंकुशताको लडाइँको रुपमा लिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ ।’

 

 

 

onlinekhabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित

एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि...

मुख्यमन्त्रीद्वारा बादशाह कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको...

उपसभामुखको राजिनामा माग्ने नेपाली कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ । कांग्रेसका शीर्ष नेताहरुको बुधबार...

अर्घाखाँचीमा जिप दुर्घटना, एकजना गम्भीर

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको...

नौबहिनीमा म्याद गुज्रिएका ८४ हजार बढिका खाध्यबस्तु नष्ट

नौबहिनी गाउँपालिकाले म्याद सकिएका करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको सामान नष्ट गरेको...