News Portal

रेडियो सुन्नुहोस्

प्रगन्ना तथा बड्कापथ सिचाई आयोजनाको चरम लापरवाहीले काममा ढिलाई

समयमै निर्माण स्थल खाली गराउन नसक्दा नहर निर्माणले गति लिएन  

ओमप्रकाश गुप्ता२०७८ पौष १४, लमही
५२९ पटक
२०७८ पौष १४, लमही

उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय जलस्रोत तथा सिचाई विभाग मार्फत संचालित प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना लमही दाङले एक दशकमा ७ किलोमिटर ३ सय मिटर नहर निर्माण गरेको छ ।

राप्ती नदीको दक्षिण भेक परम्परागत वड्का कुलोलाई नहरमा स्तरवृद्धी गरि राप्ती नदीको पानीले गढवा गाँउपालिकाका १ देखि ६ नम्वर वडाहरु सिचाइ गर्ने उदेश्यका साथ ३० किलोमिटर लम्बाई रहेको सो नहरको २०६८/६९ मा बड्कापथ सिचाई योजनाको स्थापना गरि कार्य प्रारम्भ गरेको बड्कापथ सिचाई आयोजनाले एक दशकमा जम्मा ७ किलोमिटर ३ मिटर नहर निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । भने गत आर्थिक वर्षमा १४ मिलोमिटर ७० मिटर नहरको ठेक्का सम्झौता भई काम भइरहे पनि नहर निर्माण स्थल खाली गराउन नसक्दा निर्माणले गति लिन नसेको आयोजना कार्यालय लमहीका प्रमुख वद्री कार्कीले बताए । उनले हाल सम्म ३७ प्रतिशत काम भएको वताएका छन् । उनका अनुसार निर्माण स्थल जंगल, आवाधी जग्गा विवाद तथा आम उपभोक्ताहरुको चासो कम हँुदा निर्माण स्थलमा समस्या आएको वताए । नहरको कार्य प्रारम्भ संगै मुहान देखि अन्त्य सम्म नहर स्थलहरुमा १७ सय रुखहरु परेका र ती रुखहरुको सम्वन्धित वन कार्यालय संगै समन्वय गरि कटानका लागि वन मन्त्रालयवाट ईआइए गरिएको थियो । यद्यपी ती स्थानहरुमा साना बुुटाहरु वढेर १० वर्षमा र ३७ सय ८० पुगे पछि पून इआइए गर्दा केही समय काम अवरुद्ध वनेको कार्यालय प्रमुख कार्कीले वताए ।

त्यसै गरि नहर निर्माणको सुरुवाती चरणमा महंगो भएका कारण स्थानियवासीहरुले नहर निर्माणका लागि निशुल्क जग्गा दिने प्रतिवद्धता जनाए । पनि नहर निर्माणका क्रममा परेका जग्गाधनीहरुले पून जग्गाको मौअब्जा दावी गरेका कारण केही सयम निर्माण ओझेलमा परेको वताए । अर्को कारण नहर निर्माणको चरण लामो सयम सम्म पनि नहरमा पानी नआउदा आमउपभोक्ताहरुको चासो कम भएकोले निर्माण्मा ढिलाई भएको कार्यालय प्रमुख कार्की बताउँछन् । पहिलो चरणमा १ अरव ९२ करोड ५० लाखको स्टिमेट भएकोमा पून सम्सोदन भइ दोस्रो चरणमा झण्डै ४ अरवको स्टिमेट भएको थियो । सो नहर निर्माणसंगै गढवा गाँउपालिका गाँउपालिको ४ हजार हेक्टर जग्गा सिचाई हुने छ । ३० किलोमिटर नहरका ३ वटा शाखा र ५५ प्रशाखा रहने भएका छन् । प्रति सेकेण्ड ९ हजार क्यूमेट पानी संचालन हुने नहरको क्षेमता रहने छ ।

हाल सम्म सो ओाजनाका लागि १ अरव ४२ करोड १६ लाख रकम खर्च भइसकेको कार्यालयले जनाएको छ । यसै गरि प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना कार्यालय प्रगन्ना कुलो सिचाई प्रणाली मार्फत देउखुरीको उत्तरी भेगका लमही नगरपालिका र राप्ती गाँउपालिकामा ५ हजार ८ सय हेक्टर क्षेत्रफ जमिनमा सिचाइ सेवा पु¥याएको छ । तीन वटा इन्टेक मार्फत राप्ती नदीको पानीलाइ नहर तथा समरचनाहरुबाट यस प्राणली मार्फत सेवा पुराउदै आएको कार्यालय प्रमुख कार्कीले वताए ।यस प्राणली तर्फ आयोजनाले मुख्य कमाण्ड क्षेत्रको समक्षण कार्य तथा अत्यावश्यक स्थानहरुमा उपभोक्ताहरुको माग वमोजिम नहर निर्माण सुधार लगायतका कार्य गर्दै आएको छ ।

कुवेती फाउन्डेसन र नेपाल सरकारको लगानीमा निर्माण भएको प्रगन्ना कुलो सिचाई प्रणाली निर्माण भएको दशक बितिसक्दा पनि उपभोक्ताहरुमा हस्तान्त्रण भएको छैन । उपभोक्ताहरु भने प्रत्येक वर्ष नहरमा पानी भित्राउन एक्साभेटरको प्रयोग गर्न उपभोक्ताहरुले नसक्ने भएका कारण हस्तान्त्रर्ण नलिएको १ नम्वर इन्टेकका अध्यक्ष कालिचरण चौधरी वताउछन । कार्यालय प्रमुख कार्की भने नहरको वाधमा डयाम नवाधेका कारण यस्तो समस्या भएको बताउछन । बड्कापथ कुलो सिचाई नहर निर्माणसंगै दुइ नहरवाट देउखुरीको १० हजार हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा हुने छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...