News Portal

रेडियो सुन्नुहोस्

सम्पादकिय : पेचिलो बन्दै कांग्रेस प्यूठानको राजनीति

झुलेनी नेटवर्क२०७८ पुष २२, प्यूठान
११७१ पटक
२०७८ पुष २२, प्यूठान

नेपाली कांग्रेस प्यूठानको राजनीति पेचिलो बन्दैछ । जिल्ला समिति प्यूठानको १४ औं अधिवेशन पश्चात कांग्रेस प्यूठानका दुई समुह पानी बारावारको अवस्थामा पुगेका छन् । अधिवेशन सम्पन्न भएको महिनौं बित्दा पनि तुस मेटिएको छैन । नौबहिनी गाउँपालिकाको सिंगो समितिले कांग्रेस नेता डा. गोबिन्दराज पोख्रेललाई बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ । आफ्नै नेतालाई गाउँपालिका प्रवेशमा रोक लगाउने यो निर्णय प्यूठान मात्र नभई देशमै नौलो बनेको छ ।

 

सार्वजनिक भएको माइन्युटमा नौबहिनीका हरेक कार्यक्रममा सहभागी नगराउने र कार्यक्रमबाट बहिष्कार गर्ने निर्णय छ । गाउँपालिका समितिका अध्यक्ष देविराम पुनको अध्यक्ष सहित सम्मिलित पदाधिकारीको निर्णय सार्वजनिक हुँदा कांग्रेस मात्र नभई अन्य दल समेत चकित परेका छन्। जिल्ला सभापतिमा नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजाल र गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीको उम्मेद्वारी थियो । अधिवेशनको मतगणनाको क्रममा रिजाललाई गिरीले उछिन्न थालेपछि रिजाल पक्षका समर्थकले भिडन्त गरेको गरेको गिरी पक्षले आरोप लगाएको छ भने रिजाल पक्षले जितको उन्मादमा गिरी पक्षले आक्रमण गरेको टिप्पणी छ ।

घटना पश्चात दुवै पक्षका एकले अर्कालाई आक्रमक शैलीमा बिज्ञप्ती जारी गरेका थिए। केहिँ समय शान्त रहेको दोहोरो पक्षको लडाई फेरि पछिल्लो हप्तादेखि चुलीमा पुगेको छ । गाउँपालिका प्रवेश नै निशेध गर्न थालेपछि अर्को पक्षको उत्तरको पर्खाइमा छन् उनिहरु । निर्वाचन सकिएको लामो समय बित्दा पनि अधिवेशनको दाग मेटिन सकेको छैन। अधिवेशनमा एउटै पार्टीमा दुई उम्मेद्वार बनेपछि बिजयी हुने एउटा मात्रै हो। तर पराजयपछि हार स्विकार्नु र बिजयपछि नैतिकता देखाएर कर्तव्यनिष्ठ बन्न जरुरी हुने कि !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...