News Portal

रेडियो सुन्नुहोस्

सम्पादकिय : पेचिलो बन्दै कांग्रेस प्यूठानको राजनीति

झुलेनी नेटवर्क२०७८ पुष २२, प्यूठान
११६४ पटक
२०७८ पुष २२, प्यूठान

नेपाली कांग्रेस प्यूठानको राजनीति पेचिलो बन्दैछ । जिल्ला समिति प्यूठानको १४ औं अधिवेशन पश्चात कांग्रेस प्यूठानका दुई समुह पानी बारावारको अवस्थामा पुगेका छन् । अधिवेशन सम्पन्न भएको महिनौं बित्दा पनि तुस मेटिएको छैन । नौबहिनी गाउँपालिकाको सिंगो समितिले कांग्रेस नेता डा. गोबिन्दराज पोख्रेललाई बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ । आफ्नै नेतालाई गाउँपालिका प्रवेशमा रोक लगाउने यो निर्णय प्यूठान मात्र नभई देशमै नौलो बनेको छ ।

 

सार्वजनिक भएको माइन्युटमा नौबहिनीका हरेक कार्यक्रममा सहभागी नगराउने र कार्यक्रमबाट बहिष्कार गर्ने निर्णय छ । गाउँपालिका समितिका अध्यक्ष देविराम पुनको अध्यक्ष सहित सम्मिलित पदाधिकारीको निर्णय सार्वजनिक हुँदा कांग्रेस मात्र नभई अन्य दल समेत चकित परेका छन्। जिल्ला सभापतिमा नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजाल र गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीको उम्मेद्वारी थियो । अधिवेशनको मतगणनाको क्रममा रिजाललाई गिरीले उछिन्न थालेपछि रिजाल पक्षका समर्थकले भिडन्त गरेको गरेको गिरी पक्षले आरोप लगाएको छ भने रिजाल पक्षले जितको उन्मादमा गिरी पक्षले आक्रमण गरेको टिप्पणी छ ।

घटना पश्चात दुवै पक्षका एकले अर्कालाई आक्रमक शैलीमा बिज्ञप्ती जारी गरेका थिए। केहिँ समय शान्त रहेको दोहोरो पक्षको लडाई फेरि पछिल्लो हप्तादेखि चुलीमा पुगेको छ । गाउँपालिका प्रवेश नै निशेध गर्न थालेपछि अर्को पक्षको उत्तरको पर्खाइमा छन् उनिहरु । निर्वाचन सकिएको लामो समय बित्दा पनि अधिवेशनको दाग मेटिन सकेको छैन। अधिवेशनमा एउटै पार्टीमा दुई उम्मेद्वार बनेपछि बिजयी हुने एउटा मात्रै हो। तर पराजयपछि हार स्विकार्नु र बिजयपछि नैतिकता देखाएर कर्तव्यनिष्ठ बन्न जरुरी हुने कि !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...