News Portal

रेडियो सुन्नुहोस्

उद्योगीकै पल्ला भारी, किसानलाई मार : उखुको मूल्य निर्धारण

निकेश खत्री२०७८ पुष २२,
७१६ पटक
२०७८ पुष २२,

सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै उखु काट्न र चिनी मिललाई बेच्नु थाल्छन् ।

तर, सरकारले त्यसको डेढ महिनापछि बल्ल हिजो (बुधबार) मूल्य निर्धारण गरेको हो । सरकारले यो वर्षभरका लागि उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ (अनुदानसहित) तोकेको छ । जसमा उद्योगीको प्रष्ट जित झल्किन्छ । उखु किसानले यस वर्षलाई उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँभन्दा बढी निर्धारण हुनुपर्ने माग राखेका थिए । यस्तै, उद्योगीले ५८० रुपैयाँ प्रतिक्विन्टल मूल्य तोकिनुपर्ने अडान राखेका थिए ।

कृषि तथा पशुपन्छी मन्त्रालयले उद्योगी र किसानलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा दुवै पक्षले आ–आफ्नो अडान राखेका थिए । सोही अडानमा कुरा नमिल्दा केही समय मूल्य निर्धारण प्रक्रिया नै रोकिएको थियो । अन्ततः सरकारले किसानलाई पाखा लगाउँदै उखुको मूल्य तोकेको हो ।

मन्त्रालयमा उद्योगी र किसानसँग संयुक्त छलफलपछि कृषिमन्त्री महिन्द्रराय यादवले किसान र उद्योगी दुवै पक्षलाई मार नपर्नेगरी मूल्य प्रस्ताव गरेको बताएका थिए । उनले भनेका थिए, ‘उद्योगी र किसानले आ–आफ्नै अडान राखेका छन् । दुवै पक्षको मागलाई सम्बोधन गर्ने गरी मूल्य प्रस्ताव गरेका छौँ ।’ उनको भनाइबाट चिनी उद्योगीले राखेको न्यूनतम बिन्दु र उखु किसानले राखेको अधिकतम बिन्दुलाई नै समेट्ने गरेर मूल्य तोकिएको अनुमान गरिएको थियो ।

तर, बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले किसानलाई मार नै पर्ने गरी मूल्य निर्धारण गरेको हो । ‘उद्योगीले भनेकै मूल्यलाई आधार बनाएर उखुको मूल्य तोकिनुले सरकार नै चिनी मिल सञ्चालकसँग मिलेको देखिन्छ,’ उखु किसान संघर्ष समितिका सचिव हरिश्यामराय यादवले भने, ‘सरकारले हामीले भनेको सुन्नै छाडेको छ ।’ उनले किसानको मागलाई नजरअन्दाज गर्दै सरकारले उद्योगीको आवाजलाई बढी प्राथमिकता दिएको आरोप लगाए । भने, ‘उद्योगीहरूले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपैयाँ तोकिनुपर्छ भनेकाले १० रुपैयाँ बढाउँदै सरकारले प्रतिक्विन्टल ५९० रुपैयाँ तोक्यो ।’

उनका अनुसार सरकारले तोकेको मूल्यले किसानलाई आम्दानी नै हुँदैन । आजभन्दा तीन वर्ष अगाडी अर्थात् २०७५ सालमै उखुको उत्पादन लागत ३९५ रुपैयाँ प्रतिक्विन्टल थियो । ‘यस हिसाबले आजको दिनमा उखुको प्रतिक्विन्टल उत्पादन लागत ४२० रुपैयाँ आसपास हुन्छ,’ उनले भने, ‘तर सरकारले अनुदानसहित प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको छ ।’ यसबाट उखु किसानले गरेको मिहिनेत र ढुवानी भाडा लगायतका खर्च सम्बोधन नहुने किसानहरूको भनाइ छ ।

पछिल्ला वर्षहरूमा उद्योगीबाट उखु किसानले दुःख पाउन थालेसँगै उखु खेती पनि घट्दै गइरहेको छ । चिनी मिलहरूले वर्षौँ सम्म उखु किनेको रकम नदिँदा वर्षेनी किसान पलायन भइरहेको संघर्ष समितिका पदाधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो समय नेपालमा उखु खेती घट्दै गएपछि उद्योगहरूले भारतबाट समेत उखु ल्याउँदै आएका छन् ।

गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ४९७.२ रुपैयाँ तोकेको थियो । यसमा सरकारले प्रतिक्विन्टल ६५.२८ रुपैयाँ अनुदान उपलब्ध गराउँथ्यो । अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल ५६२ रुपैयाँ थियो

यस आधारमा सरकारले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर तोकेको हो ।

 

 

राताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...