News Portal

रेडियो सुन्नुहोस्

सरुमारानिमा खेलकुद र सांस्कृतिक कार्यक्रमका साथ मगर दिवस मनाइयो

तेजेन्द्र बि. एम.२०७८ फागुन १५
१८४४ पटक
२०७८ फागुन १५

सरुमारानी गाउँपालिकामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि ४० औं मगर एकता दिवस कार्यक्रम मनाईएको छ । नेपाल मगर संघ मगर दिवस आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिएका छन् । फागुन १४ गते भलिबल प्रतियोगिताको आायोजना संगै आज फागुन १५ गते औपचारिक र्‍याली तथा मञ्च कार्यक्रम गरि दिवस मनाईएको हो । साथै मगर दिवसको अवसरमा गाउँपालिकामा सार्वजनिक विदा समेत दिइएको थियो ।
खुल्ला भलिबल प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीयलाई ५, ३ र २ हजार पुरस्कार समेत राखिएको थियो । फागुन १५ मगर दिवसको अवसरमा गायिका सुनिता बुढा मगर लगायतका अन्य स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
मगर समुदायको भाषा, कला, भेषभुषा र संस्कृतिसंगै लोपोन्मुख स्रोत साधनको संरक्षणका लागि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको हो । कोभिडका कारणले भेला तथा मञ्च कार्यक्रम पुर्ण रुपमा गर्न नसकिएकोले यस वर्ष पनि निरन्तरता दिने गरि कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष मिना सोमै मगरले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले मगर समुदायको बाहुल्यता भएको पालिकामा जातिय पहिचान जोगाउनका लागि आफ्नो तर्फबाट सदैव सहयोग रहिरहने बताएका छन् । गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भने आयोजक समितिका सचिव किसान सारु मगरले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...