News Portal

रेडियो सुन्नुहोस्

कथा : परिभाषा

दिपेन्द्र जंग शाही२०७८ फागुन १७, प्यूठान
२३५७ पटक
२०७८ फागुन १७, प्यूठान

बितेका ६ वर्ष र अरु केही समयसम्म म र मेरा पाइला निरन्तर बढिर हेछन्, महालक्ष्मी हुँदै पाटन अस्पताल । आफु हिँडिरहँदा आँखा भने डुलिरहन्छ अघिपछी, दायाँ बायाँ र तलमाथि । आँखाले धेरै राम्रा–नराम्रा, मिठा–नमिठा वस्तु देखेँ, व्यक्ति देखेँ । केही यादमा छन् त धेरै बिर्सि पनि सकेँ । यादमा भएकाहरु नि बिस्तारै गोधुली साँझमा सूर्यको प्रकाश हराएझैँ हराउँदै छन् । तर बिर्सन नसकिने या भनौ बिर्सन कोशिस गरेरै पनि याद आउने केही तस्बीर आँखा अगाडी डुलि रहन्छन् । मन्दिर अघिको सडकपेटी छेउमा एक अधबैसेँ महिलालाई देख्छु निरन्तर केही महिनादेखि । लट्टा परेको कपाल, उदास अनुहार, सेतो साडी, सानो झोला, छेउमा केही पुराना भाँडाकुडा जो कहिल्यै परिवर्तन भएनन् । परिवर्तन भयो त उनले बोरा बिछ्याएर बेच्न राखेको केही तरकारी र फलफुल । ती तरकारी र फल परिभाषा पनि उनी जस्तै छन् ओइलाएका । मलाई कतिपटक सोधौँझँै लाग्छ कि उनी को हुन्, कहाँबाट यहाँ आइपुगिन् ।

उनको यो स्वरुप पछाडिको कथा व्यथा । तर अहँ मलाई त जहिल्यै हतार भइरहने । उनको कथा अड् कल गर्न समय भयो तर एक वचन सोध्न समय मिलेन । बानी न हो आफुमाथि हाबी हुने । म कहाँ अछुतो रहुँला र । उनको सेतो सारी सेतोभन्दा बढी कालो थियो । सडकपेटीको धुलो धुवाँले । उनले त्यो सारी किन लगाइन् होला ? तपाईं र मेरो उत्तर एउटै हो । उत्तर त के भनौँ हामीले गरेको अन्दाज । के साँच्चै पहिरनले मानिसको व्यक्तित्वलाई झल्काउँछ ? हामीले लगाएको पोसाकको परिभाषा सधैं एकैनासको हुन्छ ? यदि हु्न्छ भने मलाई यो जवाफ दिनुहोस् कि अस्पतालमा नर्सले लगाउने सेतो सारी, मन्दिरमा पुजारीले लगाउने सेतो धोतीको अन्तर के ? हो यहाँ एकै पहिरन व्यक्ति, लिङ्ग, भाषा, धर्म, पेसा, ठाउँ अनुसार फरक हुन्छ र यो पनि हुन सक्ला कि कोही त्यही पहिरनमा गर्व महसुस गर्लान र कोहीलाई त्यही पहिरनले पिरोली रहला ।

उनलाई त्यो पहिरनले के महसुस हुन्छ थाहा छैन तर मेरो र तपाईंको अनुमान फेरि पनि एकै हो । कुनै दिन उनलाई मैले भेटुँला या नभेटुँला तर भेटेछु भने यो आशा गर्छु कि उनको पहिरनको परिभाषा बदलिएको होस।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...