News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै

झुलेनी पाेष्टफागुन २१
२१४२ पटक
फागुन २१

प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्यूठान नगरपालिका वडा नं.– २ को आयोजनामा यहि फागुन २८ गतेदेखि ३० गतेसम्म चितिखोला स्थित पच्छार खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिएका छन् ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको पोख्रेलले बताएका छन् ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

वडाले स्वर्गीय वडा अध्यक्ष र वडा सदस्यको सम्झना स्वरुप अघिल्लो वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । वडा अध्यक्ष खिम बहादुर बिष्टको २०७५ मंसिर २१ गते र वडा सदस्य दुर्ग बहादुर धामीको २०७७ साउन १८ गते निधन भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...