News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै

झुलेनी पाेष्टफागुन २१
२५४९ पटक
फागुन २१

प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्यूठान नगरपालिका वडा नं.– २ को आयोजनामा यहि फागुन २८ गतेदेखि ३० गतेसम्म चितिखोला स्थित पच्छार खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिएका छन् ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको पोख्रेलले बताएका छन् ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

वडाले स्वर्गीय वडा अध्यक्ष र वडा सदस्यको सम्झना स्वरुप अघिल्लो वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । वडा अध्यक्ष खिम बहादुर बिष्टको २०७५ मंसिर २१ गते र वडा सदस्य दुर्ग बहादुर धामीको २०७७ साउन १८ गते निधन भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...