News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : आहा सुन्दर छत्तिवन गाउँ

झुलेनी नेटवर्क२०७८ चैत ०२ प्यूठान
१८२५ पटक
२०७८ चैत ०२ प्यूठान

भालुबाङ प्यूठान सडकमा यात्रा गर्ने यात्रु धेरैले सम्झने ठाउँ हो खहरेखोला। खहरेको पहिरोका कारण धेरैले सास्ती व्यहोरेका छन् भने गाडीमै रात कटाएका पनि छन् । त्यही खहरे पारी देखिने सुन्दर गाउँ सरुमारानी गाउँपालिका ४ स्थित छत्तिवनका स्थानीयले पनि माडी नदिका कारण वर्षौवर्ष दुःख पाइरहे । नदि तर्दा दर्जनौको ज्यान गयो, धेरै पौडेर बाँचे ।

केहि वर्ष पहिलेसम्म निकै दुःखका साथ गाउँ पुग्नु पथ्र्याे उनीहरुलाई । माडि नदि पार गर्न निकै जोखिम थियो । हिउँद बर्खामा नै धेरै सास्ती थियो । तर, हिजोआज उनीहरुका दिन फेरिएका छन् । यहाँ स्थित छत्तिवन घाटमा झोलुङ्गे पुल निर्माण भएको छ । यसले गर्दा भालुबाङ प्यूठान सडकबाट यात्रा गरेर गाडीबाट झरेपछि स्थानीय १० मिनेटमै सहज रुपमा गाउँ पुग्न सक्छन् । उनीहरुलाई खोलाले बगाउलाकी भन्ने त्रास पनि छैन अहिले । गाडी भेटाउन सडकमा आउन पनि १० मिनेट भन्दा बढि समय लाग्दैन । बस्तुभाउलाई स्याउला, दाउरा गर्न जंगल गएर फर्कन पनि सहज छ । पुलले गाउँलाई जिल्लाको मुख्य सडक सञ्जालसंग जोडेको छ ।

पुल निर्माणले आफूहरुको दिनचर्या नै फेरिंदीएको स्थानीय बताउँछन् । हिजोआज यहाँ पाकेको गहुँबालीले गाउँलाई गहना लगाए झै सुन्दर बनाएको छ । वारीबाट खहरे–गर्जेनी क्षेत्रबाट हेर्ने जो कोहिलाई पनि पारी पुगु–पुगु झैं हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...