News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : आहा सुन्दर छत्तिवन गाउँ

झुलेनी नेटवर्क२०७८ चैत ०२ प्यूठान
१६५१ पटक
२०७८ चैत ०२ प्यूठान

भालुबाङ प्यूठान सडकमा यात्रा गर्ने यात्रु धेरैले सम्झने ठाउँ हो खहरेखोला। खहरेको पहिरोका कारण धेरैले सास्ती व्यहोरेका छन् भने गाडीमै रात कटाएका पनि छन् । त्यही खहरे पारी देखिने सुन्दर गाउँ सरुमारानी गाउँपालिका ४ स्थित छत्तिवनका स्थानीयले पनि माडी नदिका कारण वर्षौवर्ष दुःख पाइरहे । नदि तर्दा दर्जनौको ज्यान गयो, धेरै पौडेर बाँचे ।

केहि वर्ष पहिलेसम्म निकै दुःखका साथ गाउँ पुग्नु पथ्र्याे उनीहरुलाई । माडि नदि पार गर्न निकै जोखिम थियो । हिउँद बर्खामा नै धेरै सास्ती थियो । तर, हिजोआज उनीहरुका दिन फेरिएका छन् । यहाँ स्थित छत्तिवन घाटमा झोलुङ्गे पुल निर्माण भएको छ । यसले गर्दा भालुबाङ प्यूठान सडकबाट यात्रा गरेर गाडीबाट झरेपछि स्थानीय १० मिनेटमै सहज रुपमा गाउँ पुग्न सक्छन् । उनीहरुलाई खोलाले बगाउलाकी भन्ने त्रास पनि छैन अहिले । गाडी भेटाउन सडकमा आउन पनि १० मिनेट भन्दा बढि समय लाग्दैन । बस्तुभाउलाई स्याउला, दाउरा गर्न जंगल गएर फर्कन पनि सहज छ । पुलले गाउँलाई जिल्लाको मुख्य सडक सञ्जालसंग जोडेको छ ।

पुल निर्माणले आफूहरुको दिनचर्या नै फेरिंदीएको स्थानीय बताउँछन् । हिजोआज यहाँ पाकेको गहुँबालीले गाउँलाई गहना लगाए झै सुन्दर बनाएको छ । वारीबाट खहरे–गर्जेनी क्षेत्रबाट हेर्ने जो कोहिलाई पनि पारी पुगु–पुगु झैं हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...