आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि स्वर्गद्धारी नगरपालिकाको मेयर पदमा ६ जनाले उम्मेदवारी दिएका छन । जसमा स्वतन्त्रतर्फबाट ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपमेयर पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले,नेपाली कांगे्रस र राप्रपाबाट १÷१ जनाको उम्मेदवारी परेको स्वर्गद्धारी नगरपालिकाका निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले जानकारी दिए ।
त्यस्तै वडा अध्यक्ष सहित सदस्य,खुल्ला सदस्य,महिला र दलित सदस्य पदका लागि नगरपालिकामा १सय१२ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।
