News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाउँपालिकामा ७२ जना उम्मेदवारको मनोनयन दर्ता

झुलेनी नेटवर्क२०७९वैशाख,१३ प्यूठान
६४३ पटक
२०७९वैशाख,१३ प्यूठान

सरुमारानी गाउँपालिकामा विभिन्न राजनितीक दलका उम्मेदवार सहित स्वतन्त्र तर्फबाट उत्साहजनक रुपमा ७२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । पालिका अध्यक्षका लागि चार जना र पालिका उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
जस अन्तर्गत पालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मुकुन्दराज शर्मा, नेकपा एमालेबाट झग वहादुर विश्वकर्मा, जनता समाजबादी पार्टीबाट शिव बहादुर पुन र स्वतन्त्रबाट जमिर अहमदले उम्मेदवारी दिएका छन । उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका गुप्त बहादुर राना र एमालेबाट बसन्ता खड्काको उम्मेदवारी परेको छ ।
एमालेबाट वडा अध्यक्षमा  वडा नं.१ मा बहादुर पुन मगर, २ नं मा भानुभक्त भुसाल ,वडा नं.३ मा भिम बहादुर मर्साङ्गी मगर, वडा नं.४ मा चिन्त सोमै मगर, वडा नं.५ मा उम बहादुर खाम्चा मगर, वडा नं.६ मा तिल ब.बुढा मगरको मनोनयन परेको हो ।
गठबन्धनबाट वडा अध्यक्षमा १ नं. मा कांग्रेसका नारायण जिसी, २ नंं मा माओबादीका टिकाराम बराल, ३ नं.मा एकीकृत समाजवादीका हिमालय रिजाल, ४ नं. मा माओबादीका तारापती सोमै, ५ नं. मा माओवादीका लक्षमी पल्ली, ६ नं. मा माओवादी केन्द्रका बोम बहादुर थापाको मनोनयन परेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...