News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगर प्रमुखमा भण्डारी र उपप्रमुखमा राना

झुलेनी नेटवर्क२०७९ जेठ ०३, प्यूठान
१३२० पटक
२०७९ जेठ ०३, प्यूठान

प्यूठान स्वर्गद्वारी नगरपालिकाको नगरप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी नगरपालिकाको मेयर चुनिएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए ।
यस्तै नगरपालिका उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भएका छन् । ७ हजार ३ सय ७७ मत ल्याउँदै रानामगर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत ल्याइन् ।
नगरपालिकाको वडा नम्बर १ मा गठबन्धनका मेघराज जिसी, वडा नम्बर २ मा गठबन्धनकै बुद्धिराम पुन, ३ मा एमालेका कृष्ण बहादुर रोकाय, ४ मा गठबन्धनका सुवर्णकुमार श्रेष्ठ, ५ मा गठबनधनका गिरबहादुर घर्तिमगर विजयी भए । त्यस्तै वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार सुरज जिएम, ८ मा गठबन्धनका खोप बहादुर राउत, ९ मा एमालेका नर बहादुर बिएम विजयी भए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...