News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगर प्रमुखमा भण्डारी र उपप्रमुखमा राना

झुलेनी नेटवर्क२०७९ जेठ ०३, प्यूठान
१३४४ पटक
२०७९ जेठ ०३, प्यूठान

प्यूठान स्वर्गद्वारी नगरपालिकाको नगरप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी नगरपालिकाको मेयर चुनिएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए ।
यस्तै नगरपालिका उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भएका छन् । ७ हजार ३ सय ७७ मत ल्याउँदै रानामगर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत ल्याइन् ।
नगरपालिकाको वडा नम्बर १ मा गठबन्धनका मेघराज जिसी, वडा नम्बर २ मा गठबन्धनकै बुद्धिराम पुन, ३ मा एमालेका कृष्ण बहादुर रोकाय, ४ मा गठबन्धनका सुवर्णकुमार श्रेष्ठ, ५ मा गठबनधनका गिरबहादुर घर्तिमगर विजयी भए । त्यस्तै वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार सुरज जिएम, ८ मा गठबन्धनका खोप बहादुर राउत, ९ मा एमालेका नर बहादुर बिएम विजयी भए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...