News Portal

रेडियो सुन्नुहोस्

दाङबाङ घटना अपटेड : भरुवा बन्दुकको गोली लागेर एककाे मृत्यु, भरुवा बन्दुक हान्ने ज्ञान बहादुर सहित दस जना प्रहरी नियन्त्रणमा

झुलेनी नेटवर्क२०७९ जेठ १६ प्यूठान
१०७३ पटक
२०७९ जेठ १६ प्यूठान

ऐरावती गाउँपालिका–१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।

शिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतबार गोली लागेर मृत्यु भएको हो । दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।

घटना आइतबार दिउँसो भए पनि प्रहरीलाई राती मात्र खबर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रहरीले शिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । त्यसैगरी बन्दुक हान्ने ज्ञानबहादुर नेपालीसहित दस जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झिमरुक गाउँपालिका ४ मच्छीका ३२ वर्षिय गुञ्ज बहादुर पुन, ऐरावती गाउँपालिका १ अमिलीका बर्ष ६४ का ओम बहादुर पुन, सोही गाउँपालिका बर्ष ५३ का रुक बहादुर नेपाली, २४ वर्षिय ज्ञान बहादुर नेपाली (भरुवा बन्दुक हान्ने), २४ वर्षिय कृष्ण बहादुर पुन मगर, ६५ वर्षिय भुप बहादुर पुन मगर, ३२ वर्षिय टिकाराम पुन, ६० वर्षिय ड्याम बहादुर पुन, ३९ वर्षिय झबिन्द्र थापा र १४ वर्षिय बिशाल घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...