डिभिजन वन कार्यालय प्यूठानले १६ थान अवैध सालको गोलिया बरामद गरेको छ । प्यूठान नगरपालिका २ स्थित एक्ले डाडाँ राष्ट्रिय वन क्षेत्रबाट झन्डै ३१ सेप्टी अवैध काठ बुधबार बिहान सुराकीको आधारमा बरामद गरेको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शंकरप्रसाद गुप्ताले जानकारी दिए ।
साल कुन प्रयोजनको लागि कस्ले काट्यो भन्ने विषयमा कार्यालयले अनुसन्धान गरिरहेको उनले बताए । अवैध काठ कार्यालयले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ । कार्यालयका अनुसार फिल्डमा १० वटा सालका काटिएका रुख फेला परेका छन् ।